२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

नेपालको विद्यार्थी संगठनमा पूरानो संगठनमा पर्छ अखिल छैठौं । नेपालको राजनीतिमा अर्थपूर्ण भूमिका निर्वाह गरेको छैठौंको २२ औं राष्ट्रिय सम्मेलन भोलि शुक्रबारदेखि बुटवलमा शुरु हुँदैछ । ‘राष्ट्रियताको रक्षा र मौलिक अधिकारको लागि हाम्रो आन्दोलन, वैज्ञानिक र जनवादी शिक्षाका लागि बाइसौँ राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ हुँदैछ । यसै सन्दर्भमा रहेर केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरसँग गरिएको कुराकानीः

Advertisement

बुटवलमा हुने सम्मेलनको तयारी कस्तो छ ?

–सम्मेलनको तयारी पूर्ण रुपमा तयारी भइसकेको छ । देशैभरका प्रतिनिधि र पर्यवेक्षक आउनेक्रम शुरु भएको छ । सम्मेलन स्थल बुटवलमा हल व्यवस्थापन, आवास र अतिथि व्यवस्थापनसँगै सम्पूर्ण व्यवस्थापन भइसकेको छ । हामी एक प्रकारले पूर्ण रुपमा तयारी भइसकेका छन् ।

कोभिड महामारी कायमनै रहेको अवस्थामा सम्मलेन गर्दै हुनुहुन्छ । कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
–स्वास्थ्य मापदण्डका हिसाबले हामी सचेत भएर नै अहिले बन्द कोठाभित्र कम मानिसहरुको उपस्थितिमा कार्यक्रम गर्न गइरहेका छौं । सम्मेलनको उद्घाटन हजारौँ विद्यार्थीको साथमा जुलुससहित खुला मैदानमा गर्नुपर्ने थियो । तर, यही परिस्थितिलाई मध्यनजर गरी हामीले बन्दहलमा प्रतिनिधिको बीचमा मात्र सम्मेलन सम्पन्न गर्न गइरहेका छौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै यो सम्मेलन सम्पन्न गर्दै छौँ ।

सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति कसरी हुँदैछ ?
यो हाम्रो इतिहास बोकेको संगठन हो । त्यसैले सम्मेलनमा देशैभरबाट सहभागी हुनका लागि साथीहरुको ठूलो उत्साह छ । यो पटक कोभिड महामारीका कारण हामीले प्रतिनिधि र पर्यवेक्षक सहभागी गराउदैछौं । यो पटक ६५ भन्दा बढी जिल्लाबाट ३ सय भन्दा बढी प्रतिनिधि, पर्यवेक्षकरूको सहभागिता हुने छ ।

राष्ट्रिय सम्मेलन कसरी अगाडि बढ्छ ?
असोज २२ गते हामीले सम्मेलनको उद्घाटन गर्ने छौँ । उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ । अन्य विद्यार्थी सङ्गठनका अध्यक्ष वा प्रतिनिधिलगायत हाम्रो पार्टी निकट विभिन्न जनवर्गीय मोर्चाका अध्यक्ष वा प्रतिनिधिहरूको पनि आतिथ्यता रहने छ । असोज २३ बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा समग्र रिपोर्टिङ, राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ । प्रतिनिधि र पर्यवेक्षक सामूहिक छलफलसहित प्रतिवेदन पास गर्ने छौँ । असोज २४ गते साँझसम्म नयाँ नेतृत्वसहित सम्मेलन समापन गर्ने योजना रहेको छ ।

वर्तमान विद्यार्थी आन्दोलनको मुख्य समस्याहरू के कस्ता देख्नुहुन्छ ?
–विद्यार्थी आन्दोलनमा वैचारिक समस्या छन् । राजनीतिक पार्टीका गतिविधिले समस्या पारिरहेका छन् । २०६२–६३ सालभन्दा अगाडि सत्ताको बागडोर कुनै एउटा व्यक्तिको हातमा थियो । अनि, हामीलाई आन्दोलन र विरोध गर्न सजिलो थियो तर त्यसपछि राजनीतिक पार्टीको हातमा सत्ता परेपछि त्यसको प्रभाव विद्यार्थी आन्दोलनमा पनि परेको छ ।

जुन पार्टी सत्तामा जान्छ, त्यो आस्थासँग नजिक रहने विद्यार्थी सङ्गठन सत्तापक्ष बन्छ । यसरी पहिलेको प्रतिपक्षी सङ्गठन सत्तापक्ष बन्ने गरेको छ । यो एउटा समस्या हो । सामान्यतः विद्यार्थी सङ्गठनले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले पनि शैक्षिक क्षेत्रलगायतका विविध क्षेत्रमा समस्या छन् । सङ्गठनको यही समस्याको कारण संयुक्त विद्यार्थी आन्दोलन जसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी अगाडि बढ्न सकेको छैन ।

संयुक्त विद्यार्थी आन्दोलनको अहिलेको अवस्था कस्तो छ ?
–आन्दोलन विविध विषयलाई समेटेर अगाडि बढिरहेको छ । बलात्कार जस्ता जघन्य अपराधका विरुद्ध पनि एकल वा संयुक्त रूपमा हामीले आन्दोलन गरेका छौँ । राष्ट्रघाती एमसिसी विरुद्ध पनि हामीले आन्दोलन गरिरहेका छौँ ।

तपाइँहरूले महासचिवले सम्मेलनको संघारमा संगठन नै परित्याग गर्नुभयो । यसले तपाइँहरूको सङ्गठनलाई केहि प्रभाव पारेको छ र ?
–हामीलाई कुनै पनि प्रभाव परेको छैन । सम्मेलनको पूर्वसन्ध्यामा उहाँकै प्रदेश जिल्लामा सम्मेलन भेला भइरहेका छन् । त्यही प्रदेशबाट पनि सम्मेलनमा सयौँको संख्यामा प्रतिनिधि पर्यवेक्षक सहभागी हुने छन् । त्यसले पनि के पुुष्टि गर्छ भने उहाँले संगठन परित्याग गर्दैमा कुनै प्रभाव परेको छैन ।

महासचिवको राजीनामाले त पार्टीमा जसरी समानान्तर कमिटि गठन भइरहेको छ, त्यस्तै अवस्थाका रुपमा पनि चित्रण गरिएको छ नि ?
–त्यस्तो होइन । उहाँले राजनीतिक हिसाबले छलफल गर्ने हो । तर उहाँ आफैले राजीनामा दिनुभयो । सायद उहाँमा विचारको हिसाबले बस्न नसक्ने ठान्नुभयो होला । उहाँको राजीनामाले विद्यार्थीमा विवाद छ भन्ने कुरा काँहि कतै पनि छैन । अखिल छठौं एकताबद्ध छ । राष्ट्रियताको सवालमा हामी प्रतिबद्ध छौं । र २२ औं सम्मेलनले जुझारु नेतृत्व चयन गर्नेछ ।

तपाई अखिल छैठौंको केन्द्रीय सदस्य, पदाधिकारी हुँदै अहिले केन्द्रीय उपाध्यक्ष हुनुभएको छ । अबको नेतृत्वमा तपाइँको आकांक्षा के छ ?
–स्वभाविक रुपमा नेतृत्वको बिषय भनेको हाम्रो लागि महत्वको होइन । मूल रुपमा संगठन ठूलो कुरा हो । बन्दसत्रको हलले गर्ने निर्णय नै मान्य हुन्छ । म केन्द्रीय उपाध्यक्ष भएको हिसाबले अध्यक्षको रुपमा चर्चा हुने कुरा स्वभाविक हो । म संगठनलाई विश्वास गर्छु । संगठन र साथीहरुले विश्वास गरे म नेतृत्व लिन तयार छु ।

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश