२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौँ । युइएफए नेशन्स लिग अन्तर्गत स्पेन फाइनलमा पुगेको छ । स्पेनले गएराती सेमिफाइनलमा इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेशन्स लिगको फाइनलमा पुगेको हो ।स्पेनको जितमा दुवै गोल फोरान टोरेजले गरेका हुन् । टोरेजले खेलको १७औं र ४५औँ मिनेटमा एक एक गोल गरेका थिए ।

Advertisement

त्यस्तै इटालीका लागि लोरेन्जो पेल्लेग्रिनीले खेलको ८३औं मिनेटमा एक गोल फर्काएका थिए । यस खेलमा लियोनार्दो बोनुचीले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि इटाली १० खेलाडीमा सिमित भएको थियो ।यस खेलमा स्पेनबाट १७ बर्षिय मिडफिल्ड गाभीले अन्तर्राष्ट्रिय फुटबलमा डेभ्यु गरेका थिए ।

योसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । इटाली २०१८ देखि अन्तर्राष्ट्रिय फुटबलमा अपराजित रहेको थियो । यसअघि इटाली २०१८ को सेप्टेम्बर १० मा पोर्चुगलसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस यता खेलेका खेलमा इटालीले २८ खेल जितेको थियो भने ९ खेलमा बराबरी खेलेको थियो । २०१८ को मे मा इटालीको प्रशिक्षक सम्हालेका रोबेर्टो मान्चिनीको नेतृत्वमा रहेको इटालीले उनको नेतृत्वमा यो पहिलो हार बेहोरेको छ ।

यो जितपछि स्पेनले अब युइएफए नेशन्स लिगको फाइनलमा बेल्जियम या फ्रान्सको सामना गर्ने छ । नेशन्स लिगको दोस्रो सेमिफाइनल आजराती बेल्जियम र फ्रान्सबीच हुदै छ भने फाइनल खेल अक्टोबर ११ मा हुने छ ।  

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका