१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले दशैं बिदा घटाएर पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष हर्कबहादुर साउँदको अध्यक्षतामा बसेको बैठकले घटस्थापनादेखि कार्तिक १ गतेसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दशैं बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिए ।

उनका अनुसार सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दशैं बिदा नदिइने र घटस्थापना देखि कार्तिक १ गतेसम्म मात्र बिदा दिइने छ । कार्तिक २ गतेदेखि विद्यालय नियमित सञ्चालन गरिने भएकोले दशैं लगत्तै विद्यालय फर्केर पठन पाठनलाई निरन्तरता दिन सम्पूर्ण शिक्षकहरूलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ । यस अघिका वर्षमा घटस्थापना देखि दीपावलीको पछिल्लो दिन सम्म बिदा दिइने गरिएको थियो । -कल्पना बोहरा/न्यूज कारखाना

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जब अक्षय हेलिकप्टरमा बिना सुरक्षा झुण्डिए … नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा