ताजा अपडेट »

नवलपरासीको सुनवलमा रायमाझी, सरावलमा पाण्डे र बर्दघाटमा जिसी विजयी

आइतबार, १० असोज २०७८, ११ : १५
8 Shares

परासी । नेपाली कांग्रेसको १४ ओैँ महाधिवेशन अन्तरगत पश्चिम नवलपरासीको सुनवल गाउँपालिकाको सभापतिमा पुनः सोमबहादुर रायमाझी (पप्पु) निर्वाचित भएका छन्।

रायमाझीले १७६ मत प्राप्त गर्दा सभापतिका अर्का प्रत्यासी खेमराज पाण्डेले ४९ मत पाए । विक्रम खनाल रायमाझी खनाल पक्षधर हुन् । उपसभापतिमा रायमाझी प्यानलकै नेत्रप्रसाद भट्टराई र रमेश कर्माचार्य, सचिवमा ओमप्रकाश बाह्रघरे र कुलानन्द पाण्डे (कृष्ण), सहसचिवमा गंगाधर चापागाईं र सरस्वती थापा क्षेत्री निर्वाचित भएको नेपाली कांग्रेसले जनाएको छ

यस्तै सरावल गाउँपालिकाको सभापतिमा विनोद पाण्डे निर्वाचित भएका छन्। खनालले ७६ मत ल्याए विजयी हँुदा सभापतिका अर्का प्रत्यासी ईन्द्रबहादुर चौधरीले ४० मत प्राप्त गरे । पाण्डे देवेन्द्रराज कण्डेंल पक्षका हुन् ।

उपसभापतिमा पनि कण्डेँल पक्षकै महेन्द्र चौधरी र शिवलाल तिवारी, सचिवमा सञ्जय चौधरी र राजु यादव, सहसचिवमा रिता कुमारी चौधरी र फिरोज खान निर्वाचित भएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए ।

यता बर्दघाट नगरपालिकाको सभापतिमा दामोदर जिसी निर्वाचित भएका छन । जिसीले १९३ मत प्राप्त गर्दा सभापतिका अर्का प्रतयासी शम्भुलाल श्रेष्ठले १३५ मत प्राप्त गरे ।

जिसी खनाल पक्षका हुन् । जिसीको प्यानलबाटै नगर उपसभापतिमा मञ्जु शर्मा चालिसे १९१ र होमराज कुँवर १८६, सचिवमा कृष्णप्रसाद काफ्ले १८७, हेमबहादुर क्षेत्री १८५ ,सहसचिवमा रिना गौचन गुरुङ १९८ र फणेन्द्र चौधरी १९३ मतका साथ विजयी हुन्। नगर अधिवेशनमा ३२८ जनाले मतदान गरेको निर्वाचन अधिकृत सञ्जय शर्माले जानकारी दिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल