ताजा अपडेट »

इतिहासमा आज : यी हुन् विश्वका ५ चर्चित घटना

शुक्रबार, ११ भदौ २०७८, ०८ : २३



आज २७ अगस्ट । आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

मोल्डोभाको स्वतन्त्रता

सन् १९९१ मा पूर्वी युरोपेली मुलुक मोलडोभाले स्वतन्त्रता पाएको थियो । सन् १९४० को अगस्ट २ सम्म मोलडोभा सोभियत युनियनको एउटा अंश थियो । सन् १९९१ मा सोभियत राज्यको विघटनपछि मोल्डोभाले पनि आफ्नो स्वतन्त्रता पाएको थियो ।

मंगल र पृथ्वीको भेट

सन् २००३ को अगस्ट २७ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक पुगेको थियो । ५७ हजार ६ सय १७ बिसीपछि मंगलग्रह बुधको नजिक पुगेको हो । अब सन् २२८७ मा यी दुई ग्रह सबैभन्दा नजिक देखिन्छ ।

नाइजेरियामा सैन्य कू

सन् १९८५ मा नाइजेरियाको सेनाले सैनिक कू गरी त्यहाँको सरकारलाई अपदस्थ गरेको थियो । एउटा रक्तपातविहीन कूमा जनरल इब्राहिम बदामासी बाबाङगिदाले मुहम्द बुहारीलाई हटाएर सरकारको नेतृत्व गरेका थिए ।

१३ सय टनको व्याट्री

सन् २००३ को २७ अगस्टमा संसारकै सबैभन्दा ठूलो ब्याट्री चार्ज गरिएको थियो । २ हजार वर्गमिटर लामो सो ब्याट्रीको तौल १३ सय टन थियो । अलस्काका मानिसलाई ७ मिनेट आपतकालीन विद्युत आपूर्तिका लागि सो ब्याट्री खडा गरिएको थियो ।

अन्तरीक्षमा म्यारिनर २ को यात्रा

अन्तरीक्षको अनुसन्धान गर्न आजकै दिन नासाले म्यारिनर २ नामक यान अन्तरीक्षमा पठाएको थियो । सो यान डिसेम्बर १४ सन् १९६२ मा बुधग्रहमा पुगेको थियो । यानले नासाका वैज्ञानिकलाई सन् १९६३ को जनवरी ३ सम्म महत्वपूर्ण सूचना दिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।