६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

ग्यालिलियो ग्यालिलीलाई आधुनिक भौतिकशास्त्रका पिता पनि भनिन्छ । आजैका दिन उनले आफ्नो टेलिस्कोप भेनिसका सांसद्हरुसामु पेश गरेका थिए, जसले ब्रह्मान्ड र ग्रहहरुका विषयमा मानिसको दृष्टीकोण सधैंका लागि बदल्नेवाला थियो ।

Advertisement

१५ फेब्रुअरी १५६४ मा इटलीमा ग्यालिलियोको जन्म भयो । उनले पिसा विश्वविद्यालयबाट मेडिसिनको पढाई सुरु गरे, तर उनको मन गणितमा थियो । त्यसैले बाबुको इच्छाविपरीत गणितमै करियर बनाउने सोचमा उनी पुगे । त्यसैले पढाई पूरा नगरी उनले विश्वविद्यालय छाडिदिए र गणित तथा फिलोसोफी पढाउन थाले । अर्को दुई दशकसम्म उनले गति र वजन मापनको छोटो इकाईबारे काम गरे । यस दौरान आफ्नो कामले उनी प्रसिद्ध हुन थाले । उनलाई विश्व विद्यालयहरुले गेस्ट लेक्चररको रुपमा बोलाउन थाले ।

यसपछि पिसा विश्वविद्यालयमा प्रोफेसर नियुक्त गरियो र केही वर्षपछि पदुआ विश्वविद्यालयमा पनि पढाउन थाले । सन् १६०९ मा उनलाई खबर मिल्यो कि नेदरल्यान्डमा टेलिस्कोपको आविस्कार भयो ।
यस टेलिस्कोपलाई हेन्स पिरशी नामका एक व्यक्तिले बनाएका थिए, जसले नेदरल्यान्ड्समा चश्मा बनाउने कारोबार गर्दथे ।

चश्मा बनाउँदै गर्दा उनले अलग–अलग लेन्सलाई मिलाएर टेलिस्कोप बनाएका थिए । ग्यालिलियो पनि टेलिस्कोप बनाउने काममा जुटे । र, उनले हेन्स लिपरशीभन्दा धेरै शक्तिशाली टेलिस्कोप बनाए । यो टेलिस्कोपले कुनै पनि वस्तुलाई तीनगुणा ठूलो देखाउँथ्यों । उनले लेन्सको कम्बिनेशनमा परिवर्तन गर्दै यसको शक्ति ८ गुणा धेरै देख्न सकिने बताए ।

२५ अगस्ट १६०९ मा यसलाई भेनिसका सांसद्हरु समक्ष पेश गरियो । सांसद्हरुले एक घण्टाघरमा गएर टेलिस्कोपको माध्यमबाट टाढा–टाढासम्मका वस्तुहरु हेरे । सबैभन्दा पहिले ३५ माइल टाढा रहेको टावर अफ सेन्ट गिस्टिनालाई टेलिस्कोपको माध्यमबाट देखियो ।

त्यसपछि टेलिस्कोपलाई घुमाउँदै पश्चिममा ट्रेविसो र दक्षिण कोनिग्लियानो शहरलाई देखियो, जो ५० माइल टाढा थियो । यसपछि टेलिस्कोपलाई ५० माइलभन्दा पनि टाढा मुरानो शहरतर्फ घुमाइयो । यहा सांसद्हरुले सेन गियाकोमो चर्चमा प्रार्थना गर्दै गरेका एक व्यक्ति देखे । धेरै माइल्स टाढाका कुराहरु पनि स्पष्टसँग देखेर सांसद्हरु मख्ख थिए ।

खुसी भएर उनीहरुले ग्यालेलियोको तलब डबल गरिदिए । यसपछि आफ्नो टेलिस्कोपको माध्यमबाट ग्रह र ब्रह्मान्डको खोजी गर्ने काम ग्यालिलियोले थाले । उनले टेलिस्कोपबाट चन्द्र, सूर्य, बृहस्पति र शुक्र ग्रहको विषयमा अध्ययन थाले ।

यस अध्ययनकै आधारमा उनले १६१० मा ‘स्टोरी म्यासेन्जर’ नामक पुस्तक लेखे । यस पुस्तकले ब्रह्मान्डका नयाँ नयाँ रहस्यलाई बाहिर ल्यायो । ग्यालेलियोले यस पुस्तकमा बताए कि चन्द्रमाको सतह समथर छैन, वृहस्पति ग्रहको आफ्नो अलग चन्द्रमा छ र चन्द्रमाका अलग–अलग चरण छन्, जो बदलिइरहन्छन् ।

यसपछि ग्यालेलियोले लगातार ब्रह्मान्डको अध्ययन गरे । पृथ्वीले सूर्यको चक्कर लगाउँछ भनेर उनले बताए । यसपछि उनीमाथि विधर्मी हुने आरोप लगाइयो र नजरबन्द गरियो । आफ्नो मृत्युदसम्म ग्यालेलियो नजरबन्दमा थिए । स्रोत : दैनिक भास्कर

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार