ताजा अपडेट »

आईफोनमा यूएसबी टाइप-सी चार्जिङ पोर्ट प्रयोग गर्नुपर्ने ‘बाध्यता’मा एप्पल

सोमबार, ०७ भदौ २०७८, १० : ४९
2 Shares

काठमाडौं । युरोपियन कमिसनमा प्रस्तावित नयाँ कानुन पारित भएको खन्डमा अब आउने आईफोनहरूबाट लाइटनिङ पोर्ट कनेक्टर हटाइनेछ । स्रोतका अनुसार, उपभोक्ताहरूमा प्रचलित भ्रम हटाउनका लागि युरेपियन युनियनले स्मार्टफोनमा युनिभर्सल चार्जिङ स्ट्यान्डर्ड विकास र विद्युतीय फोहोर (ई-वेस्ट) कटौती गर्न लागेको हो ।

युरेपियन युनियनका कार्यकारी सदस्यहरू मस्यौदा तयारीको प्रक्रियामा रहेको र सन् २०२१ को सेप्टेम्बरसम्ममा त्यसलाई पेश गर्ने तयारीमा छन् । यसरी हेर्दा अब आउने दिनहरूमा एप्पलले एन्ड्रोइड फोनहरूसँग मिल्ने चार्जिङ प्रविधिको विकास गरी युरोपियन देशहरूमा आफ्ना स्मार्टफोनहरू बिक्री गर्न लागेको भन्ने देखिन्छ ।

युरोपियन युनियनले यूएसबी टाइप सीलाई नै स्तरीय चार्जिङ प्रविधिका रुपमा लिन्छ भन्ने निश्चित त छैन । तर आधुनिक एन्ड्रोइड ह्याण्डसेटहरूमा यो प्रविधि प्रचलित भएको हुँदा सम्भावना भने त्यस्तै देखिन्छ । आउने सेप्टेम्बरमा नै यो विषय पुष्टी हुनेछ ।यसर्थ सार्वजनिक हुने तयारीमा रहेको आईफोन १३ र एप्पल वाच ७ लाई भने यसले फरक पार्ने देखिँदैन । यद्यपि आईफोन १४ को सार्वजनिक पछाडि भने यो कानून जारी हुनसक्छ । यसर्थ सन् २०२२ मा आउने आईफोनका मोडेलहरूमा भने केही परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

तथापि यस्तै हुन्छ भन्ने निश्चित भने छैन । कम्पनीले पोर्ट-लेस चर्जिङ प्रविधिको विकास गरेको खण्डमा पनि युरोपियन युनियनको नयाँ आउने कानूनले कुनै प्रभाव नपार्न सक्छ । एप्पलले पोर्टलेस प्रविधि परीक्षण गर्दैछ भन्ने हल्ला फैलिएको छ ।यदि त्यसो भयो भने एप्पल चार्जिङ पोर्ट हटाउने पहिलो स्मार्टफोन निर्माता कम्पनी हुनेछ । यदि तपाईं वायर-लेस चार्जिङ चाहनुहुन्छ भने एप्पल १२ को म्यागसेफ लाई हेर्न सक्नुहुन्छ । जसलाई एप्पलले आउँदा स्मार्टफोनहरूमा प्राथमिकता दिनसक्छ ।

स्मार्टफोनहरूमा वायरलेस चार्जिङ प्रविधि प्राथमिकतामा नरहेको हुँदा एप्पलले यो प्रविधिमा ठूलो फड्को मार्न सक्छ । यो नै एप्पललाई युरेपियन युनियनको नयाँ नियमबाट अथवा टाइप सी प्रयोग गर्नुपर्ने अवस्थाबाट बच्ने एउटा उपाय हुनसक्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।