ताजा अपडेट »

ह्वाट्सएप र इन्स्टाग्राम बेच्न फेसबुकलाई दबाब

सोमबार, ०७ भदौ २०७८, १० : ४५
4 Shares

काठमाडौं । अमेरिकाको संघीय व्यापार आयोगले फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएप बिक्री गर्नुपर्ने भन्दै फेसबुकविरुद्ध पुन: उजुरी दर्ता गरेको छ ।सामाजिक सञ्जालमा अमेरिकामा फेसबुकको एकाधिकार रहेको र यसले अन्य कम्पनीलाई प्रतिस्पर्धा गर्न गाह्रो बनाएको आयोगको आरोप छ ।

आफ्ना प्रतिस्पर्धीहरू विकास हुँदै गरेको देख्ने बित्तिकै उसलाई फेसबुकले खरिद गर्दै आफ्नो साम्राज्य विस्तार गरिरहेको आयोगको दाबी छ ।सन् २००८ मा मार्क जुकरबर्गले पठाएको ईमेलको आधारमा यो मुद्दा गरिएको हो, जसमा लेखिएको थियो, ‘प्रतिस्पर्धा गर्नुभन्दा प्रतिस्पर्धीलाई नै खरिद गर ।’आयोगका वकिलको अनुसार फेसबुक अहिले यही रणनीतिबाट अघि बढिरहेको छ, आफ्ना प्रतिस्पर्धीहरूलाई निगरानी गरिरहने र उनीहरूको व्यावसाय आफ्नोभन्दा ठूलो हुने बित्तिकै उनीहरूलाई खरिद गर्ने ।

यस खरिदअन्तर्गत इन्स्टाग्राम र ह्वाट्सएप रहेको छ, जुन अहिले फेसबुक कम्पनी ठूलो हिस्साको रुपमा रहेको छ ।मार्क जुकरबर्ग प्रयोगमा सहजताकाे नाममा यी तीन एप्स (फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप) लाई एकीकृत गर्न खोजिरहेका छन् । यद्यपि आलोचकहरूले भने यस्तो प्रविधिगत विकासले नियामकहरुलाई कठिन बनाउने तर्क गरेका छन् ।

फेसबुकले अमेरिकामा ‘व्यक्तिगत सामाजिक सञ्जाल सेवा’ को एकाधिकार चलाएको आयोगको आरोप छ । किनकि यसले धेरै प्रयोगकर्ता भएका दुवै एप ह्वाट्सएप र इन्स्टाग्राम नियन्त्रण गरेको छ ।उजुरीमा उल्लेख भएअनुसार फेसबुकको अर्को प्रतियोगी स्न्यापच्याट हो । तर, ती दुई एपको तुलनामा स्न्यापच्याटका प्रयोगकर्ताहरू निकै कम रहेका छन् ।यसर्थ बजारमा स्वस्थ प्रतिस्पर्धाका लागि आयोगले फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएप बिक्री गर्नुपर्ने माग राखेको छ । साथै भविष्यमा पनि आफ्नो प्रतिस्पर्धीलाई खरिद गर्न नपाउने गरी यस्तो खरिदमा फेसबुकलाई प्रतिबन्ध लगाइनुपर्ने आयोगको माग छ । एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।