३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

चितवन । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोग वापत राजश्व सङ्कलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र रू ३२ लाख भन्दाबढी सङ्कलन भएको जनाइएको छ ।

Advertisement

विसं २०७३ मा पोल प्रयोग गरेवापत राजश्व लिने कार्यविधि बनाइए पनि चितवनमा ती सेवा प्रदायक कम्पनीले सेवा विस्तार गर्दा भुक्तानी दिन आनाकानी गर्दै आएका थिए । केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीबार चितवन केबल नेटवर्कबाट रु ३० लाख ५५ हजार ६८ र कनेक्ट नेपाल नेटवर्कबाट रु एक लाख ७७ हजार ९६५ असुल गरिएको छ । सेवा विस्तारमा रोक लगाइएपछि अन्य कम्पनीले पनि तिर्ने सहमति जनाएको उनले बताए ।

“उनीहरुले जनतासँग अग्रिम शुल्क असुल गरिरहेका छन् तर विद्युत् पोल प्रयोगवापत राज्यलाई राजश्व तिर्न आनाकानी गरिरहेका छन्”, केन्द्रका इञ्जीनियर शिशिर लम्सालले भने, “इन्टरनेट सेवा वा अन्य सञ्चारसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीले पोल प्रयोग गरेवापत अवस्था हेरेर झण्डै रु नौ हजारदेखि १४ हजार प्रति किमी भाडा तिर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनीले अझै अटेर गरेमा लाइन विस्तार रोक्ने, केबल काट्ने र दोस्रो चरणमा कारबाही प्रक्रिया अघि बढाइने छ ।”

ती संस्थाको पुरानो सेवा अवरुद्ध नगरिए पनि नयाँ विस्तारमा भने रोक लगाइएको उनले बताए । साथै केन्द्रले विद्युतीय संरचना प्रयोग गरी नेटवर्क विस्तार नगर्न/नगराउन सूचना जारी गरेको छ । यस सूचनालाई बेवास्ता गरी नेटवर्क विस्तार गरेमा कडा कारबाही गरिने जनाइएको छ । ती संस्थाले सहरलाई नै कुरुप हुने गरी तार टाग्ने गरेकामा चर्को विरोध पनि हुँदै आएको छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो मानेभञ्ज्याङमा पानीको समस्या हट्यो छाप्रामै थलिए राउटे थप चारजना अनुसन्धानमा तानिए, प्रत्यक्षदर्शी भएको आशंका कालो बादल देखेपछि डराउँछन् रुपन्देहीको मर्चवारबासी