१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौं । नेपाल टेलिकमले भर्खरै एसईई पास गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै एसईई अफर सार्वजनिक गरेको छ । कम्पनीले निःशुल्क डेटा, भ्वाइस र एसएमएस सहितको सुविधा सहितको आकर्षक अफर ल्याएको हो ।कम्पनीका अनुसार यसका लागि निःशुल्क नयाँ सिमसँगै पुरानो सिममा समेत यो अफर उपलब्ध हुनेछ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी डेटा (कुल ३० जीबी), १० मिनेट कल (टेलिकम-टेलिकम कुरा गर्न कुल ३०० मिनेट) र १० एसएमएस (कुल ३०० एसएमएस)  प्राप्त हुनेछ ।

यसका साथै विद्यार्थीहरूले ५० रुपैयाँ भन्दा माथिको प्रत्येक रिचार्जमा छ महिनासम्म बोनसको रुपमा  ५०० एमबी डेटा, ५० मिनेट भ्वाइस कल र ५० एसएमएस उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस्तो बोनस तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।यो अफर सहितको नयाँ सिम लिनको लागि कक्षा १० को कुनै पनि मार्कशिट, फोटो र आफ्नो अथवा अभिभावकको परिचयपत्र लिई नजिकैको नेपाल टेलिकमको कार्यालयमा जानुपर्नेछ । त्यस बाहेक रजिष्ट्रेसनको लागि *१६००# डायल गरी प्राप्त निर्देशन पालना गर्नुपर्ने हुन्छ ।

एसईई अफर अन्तर्गत निःशुल्क रुपमा प्राप्त हुने सिम कार्डमा १० रुपैयाँ ब्यालेन्स, ६० एमबी डेटा र ४० मिनेट भ्वाइस कल (टेलिकम-टेलिकम) र २० एसएमएस (टेलिकम-टेलिकम) स्वत प्राप्त हुने टेलिकमले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ