ताजा अपडेट »

लगानीमैत्री वातावरण निर्माणमा नेपालको सुधार गति अग्रस्थानमा

आइतबार, २६ साउन २०७६, ०९ : ३२
4 Shares

साउन २६,

काठमाडौँ ।  पछिल्लो छ महिनामा लगानीमैत्री वातावरण निर्माण गर्नेमा नेपाल विश्वकै उत्कृष्ट मुलुकमा सूचीकृत भएको छ । विश्वभर वैदेशिक लगानी प्रवद्र्धनका लागि भइरहेको प्रयासमा पछिल्लो छ महिनामा नेपाल १८६ राष्ट्रमध्ये पहिलो बनेकोे हो ।विश्वव्यापी रूपमा बैङ्किङ, पुँजीबजार लगानी, विदेशी विनिमय, क्षेत्रीय बजार लगायतको नियमित अध्ययन तथा सूचना प्रकाशन गर्ने संस्था युरोमनीको अध्ययनले यस्तो देखाएको हो । 


सन् २०१९ जनवरीदेखि जुनसम्मको अवस्था अध्ययनका आधारमा तयार गरिएको ‘युरोमनी रिस्क सर्भे’मा नेपालको प्रयासले पाँच दशमलव पाँच अङ्क पाएर उत्कृष्ट स्थान हासिल गरेको हो । विस्तृत सर्वेक्षणका रूपमा गरिएको यो अध्ययनमा १८६ देश समेटिएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, “विश्वकै सर्वोच्च शिखरको देश भनेर चिनिने नेपाल यसपटक जोखिमको विस्तृत सर्वेक्षण गर्दा लगानी वातावरण सुधार तीव्र रूपमा गर्नेको सूचीमा समेत सर्वोच्च बनेको छ ।” 


सर्वेक्षणमा नेपालपछि माल्दिभ्स एक दशमलव ७९ अङ्कका साथ दोस्रो स्थानमा छ भने इथियोपिया शून्य दशमलव ९३ अङ्कसहित तेस्रो स्थानमा छ । बङ्गलादेश १०आँै स्थानमा छ । यो सुधारका आधारमा लगानीको उपयुक्त वातावरण भएका मुलुकको सूचीमा गत वर्षभन्दा १४ स्थान माथिसमेत आइपुगेको छ । अघिल्ला चार वर्षमा औसत दुई मात्र थियो ।

रिपोर्टमा समग्रमा नेपाल ३१.८ अङ्कसहित १३५आँै स्थानमा आइपुगेको हो । वैदेशिक लगानीको आकर्षक गन्तव्य बनिरहेको छिमेकी मुलुक बङ्गलादेश ३२.५ अङ्कका साथ १३०औँ स्थानमा छ । 
सर्वेक्षणमा लगानीको वातावरणका १५ विभिन्न जोखिमलाई आधार बनाएर सूचक निर्धारण गरिएको थियो । यसमा नेपालको राजनीतिक, आर्थिक तथा संरचनागत क्षेत्रका जोखिमहरूको मूल्याङ्कन गरिएको छ । -गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।