ताजा अपडेट »

बुटवल बजारमा आयो बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर

आइतबार, १७ साउन २०७८, १६ : २२
4 Shares

बुटवल । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रा.लि.ले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर भित्र्याएको छ । निषेधाज्ञाकै समयमा नेपाल भित्रिएको उक्त स्कुटर बुटवलका लागि आधिकारिक बिक्रेता आर एस अटोमोवाइल्सले बिक्री सुभारम्भ गरेको छ ।

बुटवल–१०, कालिकानगरमा अवस्थित अटोमोवाइल्सका निर्देशक रेशम खड्काले सुजुकीको बहुप्रतीक्षित स्कुटर भएको दाबी गरे । भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्ने सुजुुकी एक्सेस स्कुटर नेपालमा पनि मध्यम वर्ग र व्यावसायिक प्रयोजनमा लोकप्रिय भएको उल्लेख गरे । एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको निर्देशक खड्काले जानकारी दिए । यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने उल्लेख गरे ।

हाल नेपाल भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिङ्गल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा राम्रो माइलेज आउने कम्पनीको दाबी छ ।

२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८ दशमलव ७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको र किक स्टार्ट दुबै व्यवस्था रहेको छ । २२ लिटर बराबरको स्टोरेज राखिएको स्कुटरमा मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको खड्का जानकारी गराए । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको तौल १०३ किलोग्राम रहेको छ ।

१६० एमएमको ग्राउण्ड क्लिनर्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट भएको कम्पनीको दाबी छ । पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाईल, ईन्जिन डाइग्नोसिस, ब्याट्रि डाइग्नोसिससहित ट्रिप मिटर तीन कलरमा उपलब्ध रहेको छ । यो स्कुटरको नेपालमा बजार मुल्य २ लाख ५९ हजार ९०० रहेको छ । सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।