३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

बुटवल । रोयल ईनफिल्डको नयाँ मोडल मेटिअरका ३ नयाँ भेरियन्ट बुटवलसहित नेपालका ३ शहरमा बुधबार एक साथ लन्च गरिएको भएको छ । लुम्बिनी क्षेत्रमा गैरे प्रतिष्ठान प्रालिले बुटवलको कालिकानगरमा एक कार्यक्रमका बीच नयाँ मोडेल मेटिअर ३५० को लन्च गरेका हुन् ।

Advertisement

युवाहरुमा लोकप्रिय मानिएको बुलेटका क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि ४ मोडलहरु यस अघि नै बजारमा उपलब्ध रहेका छन् । पाँचौ मोडलका रुपमा मेटिअरको औपचारिक रुपमा विक्रि सुरु भएको प्रतिष्ठानका संचालक प्रेमराज गैरेले बताए । हाल ३५० सिसिका सुपरनोभा, स्टेलर र फायर बल गरि ३ भेरिअन्टमा यो उपलब्ध हुने उनले उनले बताए । मोडल अनुसारको फरक–फरक मूल्य रहेको उनले बताए । नेपाली बजारमा सुपरनोभाको मूल्य ६ लाख ४५ हजार, स्टेलरको ६ लाख १७ हजार र फायर बलको बजार मूल्य ६ लाख रहेको संचालक प्रेमराज गैरेले बताए ।

पुरानो कम्पनीका रुपमा परिचित बुलेटले भारतको चेन्नईमा ५ वटा फैक्ट्रिबाट उत्पादन गरिरहेको उनले जानकारी दिए । ७ वटा कलरहरुमा उपलब्ध बुलेट मेटिअरमा डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटर टंकी र सुरक्षाको मापदण्ड लगायतका विशेषता रहेको उनले जानकारी दिए । यो बाइकले कम्तिमा प्रतिघण्टा ४० किलोमिटर प्रति लिटर माईलेज दिन्छ भने स्पोर्टी लुक्स रहेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए ।

बुटवलमा भएको लन्चिङ सेरेमोनीमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिम क्षेत्रीय डिलर एसोसियसनका अध्यक्ष प्रेम गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले बोल्दै यो मोडेलले युवाहरुको मन जीत्न सफल हुनेमा विश्वास व्यक्त गरे । कम्पनीले विक्रीलाई मात्रै प्राथमिकता नदिई मेन्टेनेन्सका लागि आवश्यक पार्ट पुर्जाको उपलब्धतालाई थप सहज बनाउन सुझाव दिए ।

कार्यक्रममा वाणिज्य उपाध्यक्ष नरिश्वर पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानी पाण्डे, नेपाली काग्रेस बुटवल नगरका सभापति खेलराज पाण्डे, प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुषाल, पत्रकार खिमानन्द भट्टराईले दिगोपन र सुरक्षाका विषयमा विक्रेता कम्पनीले सोच बनाएर कार्यक्रमहरु ल्याउन सुझाव दिए ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको राममणिमा अभिमुखीकरण नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो