३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

काठमाडौं । एचएमडी ग्लोबलले केही वर्षअघि नोकिया ब्राण्ड खरिद गरेको थियो । त्यससँगै कम्पनीले पुराना चर्चित फिचर फोन नयाँ स्वरूपमा सार्वजनिक गर्दै आएको छ । यसैक्रममा एचएमडी ग्लोबलले एकताका निकै लोकप्रिय रहेको नोकिया ६३१० फिचर फोनलाई नवीनतम फिचरसहित बजारमा ल्याएको छ ।यो फोनमा कम्पनीले कयौं परिवर्तन ल्याएको छ । यद्यपि सन् २००१ मा सार्वजनिक नोकियाको वास्तविक क्यान्डी बार डिजाइन कायम राखिएको छ ।

Advertisement

पुरानो फोनको स्पिकर डिजाइनलाई नयाँ स्वरुप दिइएको छ । साथै नयाँ भर्सनमा इयरपिसका लागि एउटा सामान्य तेर्छो स्लिट राखिएको छ । मोनोक्रोम ६ लाइन डिस्लेको ठाउँमा नोकिया ५३१० को नयाँ भर्सनमा कर्भ्ड कलर डिस्प्ले राखिएको छ ।

जुन पुरानो फोनको तुलनामा ठूलो छ । नयाँ आएको फोनमा पछाडि भागमा क्यामेरा समेत थपिएको छ । नोकिया ६३१० को नयाँ भेरियन्टलाई हाल युरोपियन बजारका लागि उपलब्ध गराइएको छ ।नोकिया मोबाइलको आधिकारिक वेबसाइटमा यो फोनको मूल्य ५९.९० युरो (करिब आठ हजार ३९२ रुपैयाँ) राखिएको छ । नेपाल सहितका अन्य बजारमा नोकिया ६३१० कहिलेसम्म सार्वजनिक हुन्छ, अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन ।

यस्तो छ स्पेसिफिकेसन

यो फोनको स्पेसिफिकेसनको कुरा गर्ने हो भने नोकिया ६३१० म २.८ इन्चको डिस्प्ले राखिएको छ । फोनमा यूएनआईएसओसी ६५३१ एफ प्रोसेसर, आठ एमबी र्‍याम तथा १६ एमबी इनब्युल्ट स्टोरेज राखिएको छ ।सिरिज ३० प्लस (एस ३० प्लस) अपरेटिङ सिस्टममा रन हुने यो फोनमा आइकन पहिलेभन्दा ठूला आकारका छन् । जसले गर्दा पढ्न र प्रयोग गर्न अझ सहज लाग्छ । पढ्ने र प्रयोग गर्ने सहजताका लागि मेनु जुम गर्ने सुविधा पनि यसमा छ ।

फोनमा एक्सेसिबिलिटी मोड पनि दिइएको छ, जसले मेनुलाई अझ साधारण बनाउँछ । नोकिया ६३१० मा ०.३ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ । जसमा एलईडी फ्ल्याश समेत दिइएको छ ।माइक्रो एसडी स्लट समेत राखिएको यो फोनमा ३२ जीबीसम्मको मेमोरी कार्ड राख्न मिल्छ । साथै फोनमा ब्लुटुथ ५.०, वाई-फाई, डुअल सिम सपोर्ट र एफएम रेडियो जस्ता फिचर समेत छन् । फोनमा ११५० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

जुन सन् २००१ मा आएको ब्याट्रीभन्दा केही ठूलो छ । नोकियाको दाबी अनुसार यसमा ७ घण्टाभन्दा धेरै टकटाइम पाउन सकिन्छ । साथै कयौं हप्तासम्म स्ट्याण्डबाई रहन सक्छ । यसमा राखिएको ब्याट्रीलाई फोनबाट झिक्न पनि मिल्छ ।बक्समा फोनसँगै चार्जर र माइक्रो यूएसबी केबल समेत पाउन सकिन्छ । नोकियाले सार्वजनिक गरिएको नोकिया ६३१० को नयाँ भर्सनलाई तीन वटा कलर अप्सनमा पाउन सकिन्छ । तर हाललाई कालो र गाढा हरियो रङ्गमा मात्र फोन उपलब्ध छ । 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो मानेभञ्ज्याङमा पानीको समस्या हट्यो छाप्रामै थलिए राउटे थप चारजना अनुसन्धानमा तानिए, प्रत्यक्षदर्शी भएको आशंका