ताजा अपडेट »

बारीमा कोदो रोप्दै, गीत गुञ्जाउँदै

आइतबार, १० साउन २०७८, १२ : २३
12 Shares

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको टोल–टोलमा पुग्दा मकै बारी भित्र मान्छे नदेखिने तर, महिलाहरुको स्वरमा गीतहरु भने गुञ्जेको सुनिन्थ्यो । त्यस गाउँपालिकाको वडा नम्वर–३ रामकोटको बाटो हिड्दै गर्दा ‘कदमको छायाँले बरिलै कदमको छायाँले… बोलको तीज गित गाउँदै महिलाहरुले मकै बारी भित्र धमाधम कोदो रोप्दै थिए । गुल्मीका गाउँहरुमा पहिला पहिलो ‘हुद्धा’ ( समुह ंगठन गरेर) लगाएर कोदो रोप्ने चलन थियो ।

कैयौं दिदी–बहिनी र दाजु भाई मिलेर आज एउटाको बारीमा र भोलि अर्काको बारीमा कोदो रोप्ने, त्यो संगै डम्फु मादल, कतै सहनै र अन्य बाजा–गाजासहित धुमधाम रमाईलो गरिन्थ्यो । जुन अहिले त्यो चलन हटे पनि महिलाहरुले कोदो रोपाईको तालमा गित गाउने गर्दछन् । इस्माको रामकोट, ठाडुङ्गा, टाकुरा, तोरीपाटा हुँदै वडा–४ को दोहली पुग्दा त्यहाँका वडाध्यक्ष गनुप्रसाद अधिकारी परिवारका सदस्य र छिमेहीहरुसँग अर्म–पर्ममा (मेलाको काम आदन–प्रदान) कोदो रोप्ने महिलाहरुलाई मेलो खन्न ब्यस्त थिए।

असारे मशान्तको चटारो सकेका त्यहाँका अन्य जनप्रतिनिधिहरु पनि कोदो रोप्ने र धान रोपाइँमा ब्यस्त छन् । कोदो र मकै खेतीमा तत्कालिन इस्मा राज्यका पालादेखि कहलिएको ठाउँ हो । त्यो जमनामा अनिकाल पर्दा तत्कालिन मुसिकोट राज्य, धुर्कोट राज्य र सदरमुकाम तम्घास भेग सम्मका मानिसहरु तत्कालिन ४ हजार ईस्मा राज्यमा कोदो, मकै र धान बेसहा खोज्न जाने गरेको बुढापाकाहरु बताउँछन् । अत्यन्तै खेतीयोग्य मलिलो खेतीयोग्य जमिन भएको इस्मामा पछिल्लो चरण गाउँबासीले कोदो रोप्न छाडे पछि इस्मा गाउँपालिकाले प्रोत्साहित गर्न कोदोलाई नगदेबाली जस्तै बनाई दिएको छ ।

बिचौलीयाहरुले दिने मूल्य भन्दा बढी मूल्य दिएर सिधै गाउँपालिकाले बजारको ग्यारेन्टी दिएपछि पछिल्ला वर्षहरुमा कोदो रोप्ने कृषकको संख्या बढ्न थालेको हो । अन्य गाउँमा पनि यति बेला कोदो रोप्नको माचो छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार