ताजा अपडेट »

विदेशबाट गाउँको ‘पानी–पँधेरो संरक्षण’

आइतबार, १० साउन २०७८, ११ : ०४
26 Shares


गुल्मी । शनिबार बिहान गुल्मीको इस्मा रामकोट गाउँको सदियौं पुरानो पानी पँधेरामा पुगियो । कति सङलो कुवा,चिसो र मिठो पानी पिइयो बिहानै । इस्मा गाउँपालिका–३,पातल सामुदायिक वनको पुछारमा रहेको त्यस काउलेपानी पँधेरोलाई वैदेशिक रोजगारका लागि कतारमा पुगेका युवाहरुले संरक्षण गरेका रहेछन्।

सिमेन्टले ढलाई गरेर पँधेरोलाई पक्की र र फराकिलो पार्दै नुहाउन र गाग्रोमा , पानी थाप्नका लागि कुवाबाट पाइप जडान गरि अली तल धारा पनि बग्ने बनाइएका रहेछन्। त्यही धारामा त्यहाँ पुग्नेहरुले नुहाई–धुहाई गरे। त्यस सामुदायिक वनका अध्यक्ष नरेन्द्र कुँवरका अनुसार त्यस वनले ५ हजार र कतारमा रहेका रामकोटवासीहरुले रकम संकलन गरेरे त्यस पँधेराको संरक्षण गरिएको हो । त्यस पँधेरामा केहि बेरपछि रामकोट कै बासिन्दा सहकर्मी पत्रकार तिलक महत लगाएतका युवाहरु नुहाउनका लागि आइरहेका थिए ।

कतारमा रहेका रामकोटका रोशन अधिकारी,मोती अधिकारी ,रञ्जित कुँवर बाबुराम महत,गोकुल पाण्डे,लक्ष्मी अधिकारी,संजिव कुवँर ,किरण अधिकारी, रञ्जित कुँवर र हाल स्वदेश मै आइरहेका ज्योति कुँवर लगाएतका दर्जनौंले ब्यक्तिगत रकम उठाएर उक्त पँधेरो संरक्षण गरेपछि पानी थप सिंचित भई गाउँवासीले सुविधा पाउन थालेका हुन् ।

उनीहरुले बालापनदेखि नुहाउने, पानी ल्याउने उक्त पानी पँधेरो आफूहरुलाई परिवारका सदस्य झंै प्यरो भएको र त्यसलाई थप ब्यवस्थित गर्ने समेत बताएका छन् । समाजसेवी कुँवर भन्छन–‘ रामकोट गाउँका झण्डै ५० घरधुरीको सदियौं पुरानो पाानी पँधेरो हो त्यो । हिउँदमा त्यो पँधेर सुकेपछि झण्डै एक घण्टाको बाटो आवत–जावत गरेर तल तरीखर्क पानी लिन जान्थ्यौं हामी , अहिले त्यसको तल पनि अर्को नयाँ पधेरो बनाएका छौं ।’

ऐतिहासिक थलो संरक्षण हुन सकेन
समाजसेवी कुँवरले त्यस पँधेराको धुरी रामकोट मन्दिरबाट पश्चिमतर्फ निकै सुन्दर र ऐतिहासिक टापु रहेको तर, संरक्षण हुन नसकेको गुनासो गरे । समुन्द्रि सतहदेखि १३ सय मिटर उचाइमा रहेको थामाको गढी भन्ने स्थान छ । त्यहाँ त्यस गढीमा तत्कालिन इस्मा राज्यका राजाहरुले मुसिकोट राज्यको सेना छेक्ने सिँढी बनाएर सेना तैनाथ गर्ने गर्दथे । त्यति बेलाको भग्नावशेष अहिले पनि छ । जहाँ बेला–बेलामा तत्कालिन राज–रानी पनि त्यहाँ विश्राम गर्न आउने गर्दथे।

त्यस स्थान सम्म पुग्ने पदमार्ग लगायतको पर्यटकिय पुर्वधारको पहले गरे उनै समाज सेवी कुँवरले काठमाण्डौ पुगेर मन्त्रालयमा रकम माग पनि गरे । जम्मा पाँच लाग रकम विनियोजित भयो । त्यो रकमले केहि माथिसम्म पदमार्गको काम सुरु गरिएपनि अलपत्र परेको छ । इस्मा गाउँपालिकाको त्यसमा नजर पर्न नसकेको उनको गुनासो छ । त्यस्ती गढी इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको घर माथी मालारानी गौडा भन्ने छ ।

त्यहाँ पनि मुसिकोट राज्यका सेना छेक्ने गौढा बनाएका थिए इस्माले राजाले । त्यो गौढामा भने संरक्षणका लागि लाखौं रकम परेको तर यता वास्तै नगरिएको कुँवर लगायत त्यहाँका समाज सेवीहरुले गुनासो गरेका छन् । ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले भने ती दुबै ऐतिहासिक थलोलाई संरक्षण गर्न जुटिएको स्पष्ट पारे ।

यता मालारामी गढीको ऐतिहासिक अर्चुङ्गकोट गत वर्ष आगो लागेर जलेको हुनाले मन्दिर निर्माणका लागि रकम पारिएको र उता रामकोट तर्फको थामाको गढीको संरक्षण गर्न प्रदेश सरकारसँग रकम माग गरिएको बताए । अध्यक्ष बिष्टले दुबै गढीमा तत्तकालिन सेनाले कटानी–पिसानी गर्ने ढुङ्गाका ओखल लगाएतका भग्नावशेषहरु रहेको र त्यहाँ भ्यूटावर निर्माणका लागि डिपिआर गर्न रकम समेत छुट्टाइएको बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार