ताजा अपडेट »

मदिरा पिएर ४ जनाको मृत्यु प्रकरण : ‘अरुले पनि सोही मदिरा पिएका थिए’

बुधबार, ०६ साउन २०७८, १३ : ३५
6 Shares

गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गको गलकोट नगरपालिकामा सोमबार साँझ मदिरा सेवन पछि ४ जना मजदुरहरुको मृत्युलाई स्थानीयवासीले आश्चर्य मानेका छन् । सो नगरपालिका –७ , साविक मल्म गाविस–८ को गैरखर्क स्थित भद्रबहादुरथापाको मिलन किराना पसलमा साँझ ७ देखि ८ बजेको बीच घरेलु मदिरा सेवन गरि सामुहिक मेसमा खान खान हिँडेका गल्कोट बृहत खानेपानी आयोजनाका ६ जना मजदुर मेसमा पुग्न साथ वान्त गर्न थालेका थिए ।

उनीहरुमध्ये ४ जनाको अस्पताल लैजाने क्रममा सोही रातिनै मृत्यु भएको थियो । दुई जना गम्भीर अवस्थाका मजदुरहरु अहिले उपचार गराइरहेका छन् । त्यस आयोजनाका अध्यक्ष खुमबहादुर थापाका अनुसार उनीहरु दिनभरी काम गरेर सदा झैं साँझ ६ देखि ७ बजेको बीचमा त्यस पसलमा रक्सी पिउन गएका थिए । करिव ८ बजेसम्म उनीहरु ६ जनाले ८ बोत्तल रक्सी पिएका थिए । अध्यक्ष थापा भन्छन् , रक्सी बनाउने सेनाखोला बाँसारुखा टोलमा भक्तबहादुर बलालको घरमा गए र रक्सी बनाउने जाँड ( पास ) गएर त्यसैदिन रापत हेरियो ।’

‘ड्रममा कोदो र गहुँ मिसाएर बनाइएको छ । त्यसमा स्थानीय मर्चा बाहेक केहि विषादी देखिन्न । त्यही पदार्थ बनाईएको रक्सी अस्ती साउन २ गते एक ढोल ती पसलेकहाँ ल्याइएको रहेछ । त्यस दिनदेखि त्यही ड्रमको रक्सी उनीहरुले पनि खाए, अन्य छिमेकीले पनि त्यही रक्सी किनेर पिएको र आफूहरुलाई केहि नभएको बताउँछन् । ६ जनालाई ८ बोत्तल रक्सी त्यति बेसी होइन् । उनीहरुको अकल्पनीय मृत्युले हामी सबै आश्चर्यचकित भएका छौं।’ उनले भने ।

उनका अनुसार रोल्पाबाट गत वर्ष पहिलो चरणको निर्माण कार्यका लागि १४÷१५ जना आएका थिए । पछिल्लो चरण रोल्पाबाट उनीहरु १३ जनाको समुह काम गर्न आएको एक महिना पनि पुगेको छैन् । यस अवधीमा २५ किलो मिटर जति पाईप गाड्ने खाडल खन्दै थिए । साँझ त्यस पसलदेखि करिब ५० मिटर माथि रहेको बस्ने खाने स्थानको आँगनमा पुग्न साथ उनीहरु सबैले वान्ता गर्न सुरु गरे । त्यसपछि लागो–भागो लागे होला भनेर त्यसै १३ जनाको समूह भित्र रहेका धामीले झारफुक गर्न थाले ।

राति अबेरसम्म प्रयास गर्दा पनि निको नभएर उनै अध्यक्ष थापालाई बोलाइयो । थापाले तत्काल स्थानीय मेडिकलको ईमर्जेन्सी वार्डमा लगेर भर्ना गरे । त्यहाँबाट रिफर गर्नुपर्ने सुझाव आए पछि थापाले दुई वटा जीपमा ६ जनालाई राखेर बाग्लुङ्गको धौलागिरी अस्पतालतर्फ लागियो ।

अन्ततः चारै जनाको बाटैमा मृत्यु भयो । गम्भीर अवस्थामा रहेका २ जनालाई पोखरास्थित मणिपाल अस्पतालमा पुराइयो । बाटैमा मृत्यु हुनेहरुमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५, गजुल निवासी २१ बर्षीय दिपेन्द्र पुन मगर, सोही स्थानका ३० वर्षीय प्रविन घर्ति, ३९ वर्षीय दूध बहादुर राना, ५१ बर्षीय रेख बहादुर राना रहेको प्रहरीले जनाएको छ । हुनेमा सोही स्थान घर भएका २६ वर्षीय रबिन्द्र पुन र वर्ष ३८ का खेमराज घर्ती हुन् ।

घाइते मध्ये पुनको अवस्थामा सुधार नभएको आईसियूमा रहेको र घर्तिको अवस्थामा सुधार आएको े बाग्लुङ्गका प्रहरी प्रबक्ता डिएसपी इकवल हवारीले बताए । रक्सी बनाउने र बेच्ने ती दुबै जनालाई नियन्त्रणमा लिइएको र विषादीयुक्त थियो कि थिएन भन्ने कुराको परिक्षण गर्न उक्त मदिरा पठाइएको उनले जानकारी दिए ।

खानेपानी आयोजनाका अध्यक्ष थापा भन्छन् ‘एक जना पाका पुरुष बाहेक अरु सबै जना फुर्तिला र कलिला युवाहरु थिए । यहाँ त चिनी, भेली र मेटासिट लगाएतका विषादीहरु राखेर पनि रक्सी बनाउने चलन छ । त्यस्तो रक्सी खाँदा पनि यसरी मान्छे मरेका थिएनन् । बलालको घरमा देखिएको जाँड कै रक्सी हो भने त्यसरी मर्नु नपर्ने, त्यही रक्सी उनीहरुले अघिल्लो दिन साँझ पनि पिएको सुनिएको छ । हामीलाई त यस घटनाले अचम्मित पारेको छ ।’

उनले मृतका आफन्तजनलाई बोलाइएको र उनीहरु रोल्पाबाट हिँडिसकेको बताए । उनीहरु आएदेखि काम गरेको पैसा पाएका थिएनन् । १३ जना मध्ये दुई जना घाईते र कुरुवा बस्न गएका दुई जना सहित चार जना पोखरा मणिपाल अस्पतालमा छन् । ३ जना बाग्लुङ्गमा चार जनाको शव कुरेर बसेको र दुइजना काम गर्ने स्थान मै भएको र उनीहरु संग खाजा खाने पैसा नभए पछि भर्खर आफु गएर एक एक हजार खर्च दिएर आएको अध्यक्ष थापाले बताए । त्यस वडाका वडाध्यक्ष टिकाबहादुर थापाका अनुसार अहिले प्रहरीको टोली अनुसन्धान गर्न घटना स्थलमा आएको छ ।

https://www.globalaawaj.com/archives/122435
प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार