१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा सहभागी हुन गौतम बालुवाटार गएको स्रोतले बताएको छ ।

अध्यक्ष ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएपछि गौतम सकारात्मक रहेको बताइएको छ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्नेछ । आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जनाएको छ । उक्त पक्षले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो । 

अध्यक्षसमेत ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार साँझ टेलिफोन संवाद पनि भएको थियो । वार्तामा अध्यक्ष ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न र पार्टी विभाजनतर्फ नजान नेता नेपाललाई आग्रह गरेको र जवाफमा नेता नेपालले केन्द्रीय कमिटी बैठक केही पछि सार्न आग्रह गरेको स्रोतले बताएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई