ताजा अपडेट »

‘पिछडिएको’ भनिएको मदाने गुल्मीकै उत्कृष्ट पालिका

विहीबार, १० असार २०७८, १४ : ११
110 Shares

गुल्मी । सुरुका वर्षहरुमा पिछडिएका भनेर कतिपयले आलोचना गर्ने गरेको गुल्मीको मदाने गाउँपालिका संस्थागत क्षमता अभिवृद्धि स्वमूल्यांकनमा जिल्लाका १२ वटा पालिका मध्ये प्रथम हुन सफल भएको छ । बुधबार त्यस गाउँपालिका अध्यक्ष दानबहादुर केसीले नवौं गाउँसभामा नीति तथा कार्यक्रम पेश गर्दै संस्थागत क्षमता अभिवृद्धि स्वमुल्याङनमा मदाने गाउँपालिका जिल्ला कै प्रथम हुन सफल भएको भन्दै सफल जनप्रतिनिधि र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद दिए । उनले आफूहरुको पछिल्लो तिन बर्षे अवधीमा भौतिक विकासतर्फ मदाने गाउँपालिकाको ७ वटै वडा कार्यालयहरु पक्की र सुविधायुक्त भवनहरुको निर्माण कार्य सम्पन्न गरिएको जानकारी गराए ।

त्यस्तै मदाने गाउँपालिका वडा नम्बर ४ म्यालपोखरीमा गाउँपालिका स्तरीय सभाहल निर्माण सम्पन्न भइसकेको , वडा नम्वर ६ पुर्कोटदहमा हाटवजार तथा कोशेली घर निर्माण कार्य सम्पन्न भएको ,सु¥ज्याङ्ग सामुदायिक स्वास्थ्य ईकाई र निपाने सामुदायिक स्वास्थ्य ईकाईको भवन निर्माण कार्य पनि सम्पन्न भएको सभालाई जानकारी दिए । अध्यक्ष केसीले सडक निर्माण तफ मदाने गाउँपालिकावाट सवै भन्दा टाढा र विकट रहेको वडा नम्वर १ अग्लुङ्गलाई विकासको मुलधारमा ल्याउनका निम्ति पञ्चमीपोखरी देखि अग्लुङफेदी सम्मको करिव ९ किलोमिटर सडकको ग्राभेल गर्ने कार्य सम्पन्न भई सकेको बताए ।

वडा नम्वर ७ रोल्मादेखि लिस्ने हुँदै वडा कार्यालय, पाटाखेत, पातनखोला जोड्ने करिव ८ किलो मिटर सडक ग्राभेल गर्ने कार्य पनि सम्पन्न भएको बताए । उनले पेश गरको नीति तथा कार्यक्रममा पुर्कोटदह सिम सेताभिर पोखरा सिर्सेनी सडकको ८ मिटर चौडाई सहित विस्तार गर्ने कार्य सम्पन्न भएको उल्लेख छ । त्यस्तै पुर्कोटदह दुइखोली पिपलारुख मलागिरी सडक नयाँ ट्रयाक निर्माण गरी मलागिरीलाई सवैभन्दा छोटो दुरिमा पुर्कोटदह सम्म जोडने कार्य पनि सम्पन्न भएको छ। म्यालपोखरी पुर रिपुरे मलागिरी पटौटी प्युठान सडकको ८ मिटर चौडाई सहित सडक विस्तार गर्ने कार्य पनि सम्पन्न भएको छ ।

म्यालपोखरी लेखपधेरा पञ्चमीपोखरी सडकलाई ८ मिटर चौडा सहित स्तरोन्नति गर्ने कार्य पनि सकिएको छ । पुर्कोटदह गौमुखीधारा न्वार सौतामारे वासडाँडा भनभनेको दिपक मावि जुरेढुङ्गा सडकको ६ मिटर चौडा सहित सडक विस्तार गर्ने कार्य पनि सम्पन्न भएको छ । मदाने पहुँच मार्ग अन्तरगत जुरेढुङ्गा देखि पुर्कोटदह सम्मको ९ कि। मि। सडक स्तरोन्नती कार्य सम्पन्न भएको छ ।उक्त सडकको कालोपत्रे गर्ने कार्यका लागि ठेक्का सम्झौता भई कार्य प्रारम्भ भएको छ ।मदाने गाउँपालिकाको हरेक टोल– बस्ति सम्म पुग्न करिव २ सय ३० किमि नयाँ सडक ट्रयाक खोल्ने कार्य पनि पूरा भएको छ । त्यस्तै प्युठान नारीकोट हुदै मलागिरी पातलकटेरी बाँझकटेरी जोडने नयाँ सडक ट्रयाक ओपन गरी प्युठान गुल्मी र वाग्लुङ्गलाई जोडने नयाँ सडक निर्माण कार्यसम्पन्न गरिएकोछ।

जुरेढुङ्गा-सुर्यटारी नेटाखर्क डडुवा जोड्ने करिव ८ किलो मिटर सडक ८ मिटर चौडाई सहित सडक विस्तार गर्ने कार्य सकिएको छ । वडा नम्वर १ को निपाने घडेरी सडक करिव ६ किलोमिटर सडकको नयाँ ट्रयाक खोल्ने कार्य यसै चालु आर्थिक बर्षमा सम्पन्न हुँदैछ । पुर्कोटदह कङ्केदेउराली सडकको २ किलोमिटर ग्राभेल तथा स्तरोन्नति गर्ने कार्य भएको छ । मदाने गाउँपालिका –२ सैरे बसुन्धरा भेडीखोर सिर्सेनी सडकको ८ मिटर चौडाई सहितको ६ किलो मिटर सडक , वडा नम्वर ७ को टिमुर खर्क ओख्रेनी सडकको २ कि.मी. सडक नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । सिमलटारी विधिखोला सिर्सेनी पोखरा सडकको ६ मिटर चौडाई सहित सडक विस्तार गर्ने कार्य सम्पन्न भएको छ । सिर्सेनी देउराली ओडार बाँझकटेरी सडकको चौडाई सहित विस्तार गर्ने कार्य सम्पन्न गरिएको छ । सिर्सेनी काफलपाटा वाग्ला सडकको ६ मिटर चौडाई सहितको ६ कि.मी. सडक विस्तार भएको छ ।

गाउँपालिका अध्यक्ष केसीले पुनर्निर्माण तर्फ पनि उल्लेख्य प्रगति भएको उल्लेख गरेका छन् । स्थानीय तहको निर्वाचन पश्चात १३२ वटा घरहरु पुनर्निर्माण गरिएको छ । सालझण्डी ढोरपाटन सडकको कारण विस्थापित भएका १७ घर परिवारलाई गाउँपालिकाले जग्गा खरिद र घर निर्माण गरी एकीकृत बस्ती निर्माण कार्य यसै वर्ष सम्पन्न हुने उल्लेख छ । वडा नम्बर ३ को काफलपाटा र खन्युखर्क एकीकृत नमूना बस्तीमा ३२ वटा घर बनाई विपन्न घरपरिवारलाई यसै चालु आर्थिक बर्ष भित्र हस्तान्तरण गरिने तयारी र्गिरएका छ ।

गाउँपालिका भित्र रहेका ८५० खरका छानो भएका सम्पुर्ण घरहरुलाई निःशुल्क जस्ता पाता उपलब्ध गराइ खरको छानोमुक्त गाउँपालिका बनाइएको छ। गरिविको रेखामुनी रहेका ७ वटै वडाहरुका दलित विपन्न परिवारका घरहरु निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । अति विपन्न घरपरिवार पहिचान गरी मदाने गाउँपालिका भित्रका ७ घरपरिवारहरुको घर निर्माण गर्ने कार्य सम्पन्न भएको छ । भुकम्पबाट क्षति भएका रघुफेदी प्रतिमान निमा मावि, अग्लुङ्ग मावि, बाँझकटेरी मावि, पृथ्वी मावि। पुर मावि र दिपक मावि।, मेहेलपोखरी मावि, पुस्ताकालय भवन, मालिका प्रावि बाँझकटेरी, जनज्योति क्याम्पस पुर्कोटदहको पुनर्निमाण कार्य सम्पन्न भएको छ भने रिहाले मावि मदाने ३ सिर्सेनीको पुनर्निमाण कार्य अन्तिम चरणमा पुगेको छ ।

सडक पुल तथा झोलुङ्गे पुलः
मदाने गाउँपालिका वडा न १ अग्लुङ्ग र प्युठान जिल्लाको झिमरुक घाट जोडने झोलुङ्गे पुल सम्पन्न गरिएको छ। मदाने गापा १ मा छहरा दोमिल्लाघाट झोलुङ्गेपुल , गाउँपालिका वडा न ५ मा दुईखोली दोभान झोलुङ्गेपुल , गाउँपालिका वडान ५ मा सतिगौडा झोलुङ्गेपुल , गाउँपालिका वडा न ५ मा भिरटारीघाट झोलुङ्गे पुल , मदाने गाउँपालिका वडा न २ मा ढाल्नेका रुख निपाने झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न गरिएको छ।

त्यस्तै सिर्सेनी गीठे तथा मालिका गाउँपालिकाको मर्भुङ्गलाई जोड्ने झोलुङ्गेपुल , काउले मलागिरी जोड्ने लामो झोलुङ्गे पुल र मदाने गाउँपालिका वडा न ३ सिर्सेनी देखि पुर्कोटदह सम्म जोडने पक्की सडक पुल निर्माण कार्य प्रारम्भ भएको छ ।
उर्जा विकासतर्फ पनि फड्को मदाने गाउँपालिकाको करिव ४ हजार ५ सय घर धुरीमा केन्द्रीय विद्युतीकरण कार्य सम्पन्न गरिएको छ। मदाने गाउँपालिका भित्र रहेका ३६ वटा मन्दिरहरुमा सौर्य उर्जा जडान गर्ने कार्य सम्पन्न गरिएको छ । मदाने गाउँपालिका भित्र रहेका सम्पुर्ण काठका पोलहरु विस्थापन कार्य अन्तिम चरणमा पु¥याइएको छ ।

मदाने गाउँपालिका निवासी ३ हजार ५ सय घरधुरीहरुलाई निःशुल्क मिटर बक्स गाउँपालिकाले खरिद गरी वितरण गरिएकोछ। मदाने गाउँपालिका को मुख्य ब्यापारिक केन्द्रहरुमा ५० वटा सोलार स्ट्रिटलाईट जडान कार्य सम्पन्न भएको छ । मदाने गाउँपालिका भित्ररहेका २ सय ८० घरधुरी दलित जनजाति विपन्न नागरिकलाई २० वाटको सोलारसिस्टम निःशुल्क वितरण गरिएको छ । मदाने गाउँपालिका भित्र रहेका २ हजार १ सय घरधुरी दलित, जनजाति विपन्न नागरिकलाई सुधारिएको चुल्हो निःशुल्क वितरण गरिएको छ।

सञ्चार– टेलिफोनको पहुँच
मदाने गाउँपालिकामा नेपाल टेलिकमको पहुँच सवै स्थानमा पुगेको छ । मदाने गाउँपालिकाको सबै वडा कार्यालयहरुमा ईन्टरनेट जडान कार्य अन्तिम चरणमा पुगेको छ । मदाने गाउँपालिकाको कार्यालय पुर्कोटदहमा लिज लाईन मार्फत र ईलाका प्रहरी कार्यालयमा ईन्टरनेट जडान गर्ने कार्य सम्पन्न गरिएको छ ।

आर्थिक विकास क्षेत्र
कृषि तथा पशुपंक्षी विकास उपक्षेत्रः
मकै पकेटक्षेत्र विकास कार्यक्रम अन्तर्गत मकैको विउ उत्पादन तथा प्रशोधन केन्द्रको स्थापना मदाने गाउँपालिका वडा न ६ पैयुठुटामा संचालन भई विउ प्रशोधन गरिएको छ । ब्यावसायिक आलुक्षेत्र निर्धारण गरी मदाने गा पा वडा न १,२,३र ५ मा ४ वटा शित भण्डार गृह स्थापना गरिएको छ । कृषि पकेट कार्यक्रम अन्तर्गत मकै जोन क्षेत्रका रुपमा वडा नं ७ भनभने, वडा नं ६ को पुर्कोटदह, वडा नं. को म्यालपोखरी, वडा नं ३ को सिर्सेनी, आलु जोन क्षेत्रका रुपमा मदाने गाउँपालिकाको वडा नं १ को अग्लुङ्ग, बाँझकटेरी र मलागिरीलाई व्यावसायिक क्षेत्र निर्धारण गरिएको छ । सलह ,गावरो,फौजीकिरा,वदेल र हावा हुरी वाट मकै वालीमा क्षति भएका २८३ कृषकहरुलाई मकैको विउ निःशुल्क वितरण गरिएको छ । कृषकहरुलाई मागका आधारमा कृषि यन्त्र उपकरण अनुदानमा वितरण कार्यक्रम सञ्चालन गरी करिव १ सय ५० कृषक समूहहरुलाई आधुनिक कृषि यन्त्र उपकरण वितरण गरिएको छ । बाख्रा पालन व्यावसायलाई व्यावसायिक तथा आधुनिकीकरण गर्नका लागि २४९ घरमा आधुनिक खोर निर्माण कार्य सम्पन्न गरिएको छ ।

गरिबीको रेखामुनि रहेका कृषकहरुको जिवनस्तर उकास्नका लागि ६ सय ७० वटा बाख्रा निःशुल्क रुपमा वाख्रा वितरण गरिएको छ । मदाने गाउँपालिकामा गरिबीका रेखामुनि रहेका कृषकहरुको जीवनस्तरमा आमुल परिवर्तनका लागि बाख्रा विकासका लागि हेफर पोर्जेक्ट नेपालसँग साझेदारी कार्यक्रम सञ्चालन गरी ४४ समूहमा आवद्ध भएका १७ सय ८४ जना महिला कृषकलाई आधारशिला तालिम , १९ सय ७९ वटा बाख्रा वितरण र २ सय ४९ वटा आधुनिक खोर निर्माण कार्य सम्पन्न गरिएको छ । मदाने गाउँपालिकालाई दुधमा आत्मनिर्भर गराउनका लागि कृषकहरुलाई निःशुल्क रुपमा २२ वटा जर्सी गाई वितरण गरिएको छ । पशुपालनलाई व्यवसायीकरण गर्नका लागि वडा नं।१, २, ३ , ४ ,६ र ७ का पशुपालन फर्महरु र कृषकहरुलाई १ सय ५ वटा मुर्रा भैसी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गोठ सुधार कार्यक्रम अन्तरगत ५ सय कृषकहरुको गोठ सुधार गरिएको छ ।

मदाने गाउँपालिका वडा नं ६ र २ मा दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ । कृषकहरुको मनोवल उच्च वनाई प्रतिस्पर्धात्मक कृषि उत्पादनका लागि कृषिमेला प्रदर्शनी कार्यक्रमहरु आयोजना गरि करिव १ सय ६० जना कृषकहरुलाई पुरष्कृत गरिएको छ । कृषि ऐन २०७४, ब्याजमा ऋण अनुदान कार्यविधी २०७६, उत्पादनमा आधारित अनुदान सम्बन्धी कार्यविधि २०७६ कानूनी तथा नीतिगत ब्यवस्था गरिएको छ ।जसबाट करिव १६० कृषक तथा कृषि फर्महरु उक्त अनुदान कार्यक्रमबाट लाभान्विभत भएका छन् । मदाने गाउँपालिका वडा नं २ बाँझकटेरीमा ४ वर्षे स्मार्ट कृषि गाउँ स्थापना गर्ने कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको साझेदारीमा १०० गाई भैँसी वितरण गरिएको छ । मदाने गाउँपालिकाको वडा नं ७ लाई मौरी ब्लक क्षेत्र निर्धारण गरी ३५० गोला सहितको आधुनिक मौरीघार वितरण गरिएको छ ।

कोभिड कृषि विशेष कार्यक्रम अन्तर्गत विदेशवाट फर्केका युवाहरुलाई लक्षित गरी गत वर्ष र यस आ.व.२०७७/७८ गरी जम्मा २ सय १७ जना बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती कार्यक्रमबाट लाभान्वित भएका छन् । व्यवसायिक कृषि पकेट कार्यक्रम अन्तर्गत मदाने गाउँपालिकाको वडा नं। १ अग्लुङ्ग र वडा नं। ३ सिर्सेनीको सीम र विधिखोलामा गरी जम्मा ३ वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक कृषि फर्महरुको विकास गरिएको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।