१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । साविक विजेता पोर्चुगल र साविक विश्वकप विजेता फ्रान्ससहित जर्मनी युरोकप फुटबल २०२० को दोस्रो चरण पुगेका छन्। बुधबार राती सम्पन्न भएको खेलमा आपसमा २-२ गोलको बराबरी खेल्दै फ्रान्स र पोर्चुगलले नकआउट चरणमा स्थान बनाएका हुन्। अर्को खेलमा हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि अगाडि बढ्यो।

Advertisement

समूह ‘एफ’मा ३ खेलपछि ५ अंक भएको फ्रान्स विजेता बन्यो। ४ अंक भएको जर्मनी उपविजेता बन्यो। ४ अंक नै भएको पोर्चुगल तेस्रो भएर अगाडि बढ्यो। फ्रान्सविरुद्ध पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। उनले दुवै गोल पेनाल्टिमा गरेका थिए। यसैगरि फ्रान्सका लागि दुवै गोल करिम बेन्जेमाले गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएको थियो, ३१ औँ मिनेटमा। पहिलो हाफको इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्दै बेन्जेमाले खेल बराबरीमा ल्याए।

४७ औँ मिनेटमा फ्रान्सले अग्रता लिएको थियो। तर पोर्चुगलले ६० औँ मिनेटमा पाएको पेनाल्टी अवसरमा रोनाल्डो सफल भए। उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अलि दाईको एक सय ९ गोलको विश्व कीर्तिमान बराबरी गर्न सफल भए। रोनाल्डोको नाममा युरो कप र च्याम्पियन्स लिगमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान छ।

अर्को खेलमा दुईपटक पछाडि परेर पनि जर्मनी बराबरीमा फर्कियो। हंगेरीले ११ र ६८ तथा जर्मनीले ६६ र ८४ औँ मिनेटमा गोल गोल गरेको थियो। बुधबारबाट समूहगत चरणका खेलहरु सकिएका छन्।

प्रतियोगितामा समूह विजेता र उपविजेताका रुपमा समूह ‘ए’बाट इटाली र वेल्स, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’बाट स्विडेन र स्पेन अगाडि बढेका छन्। शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेन पनि अगाडि बढेका छन्। युक्रेनबाहेक अन्य तीन टोलीले समान चार अंक जोडेका थिए। तीन अंक जोडेर तेस्रो स्थानमा रहेका फिनल्यान्ड र स्लोभाकिया गोलअन्तरमा युक्रेनभन्दा पछाडि रहेका हुन्।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे