Jun 8, 2023
काठमाडौं । सरकारले असार १७ गते आइतबारबाट आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ ।मन्त्रिपरिषको निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेको हो ।
नागरिक उड्डयन प्राधिकरणसँग छलफलपछि नियमित आन्तरिक उडान गर्ने तालिका सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ । कूल उडान संख्यामध्ये पचास प्रतिशतसम्ममात्र उडान गरीने भएको छ । तर, विमानहरुले भाडा वृद्धि गरे कारबाही गर्ने पनि मन्त्रालयले कडा चेतावनी दिएको छ ।
प्रतिकृया दिनुहोस्