ताजा अपडेट »

लुम्बिनी प्रदेशको नीति कार्यक्रम आज आउँदै, कोरोना नियन्त्रण र आर्थिक पुनःउत्थान केन्द्रित

मंगलबार, २५ जेठ २०७८, १० : ३५
4 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजानिक गर्दै छ । नीति तथा कार्यक्रमले कोरोना नियन्त्रण तथा रोकथामका साथै आर्थिक क्षेत्रको पुनःत्थानमा केन्द्रित रहने भएको छ ।

आज दिउसो ४ बजे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम सार्वजनिक हुने भएको हो । ‘नीति कार्यक्रमका नयाँ तथा महत्वकांक्षी योजनाभन्दा पनि कोभिड नियन्त्रण र कोभिडले धरासाही भनेको आर्थिक क्षेत्रलाई पुनःत्थान गर्ने गरी आउछ ,’-आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ग्लोबल आवाजसँग कुरा गर्दै भने । सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।