९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

हालैमात्र वैवाहिक जीवन सुरु गरेकी रुपा दुलहीको रुपमा दुलाहासँग


गुल्मी । आइतबार बिहान ६ बजेको समयमा पाल्पा स्थित आफ्नै होटलमा मृत फेला परेकी २२ वर्षिया रुपा पराजुलीको विवाह भएको एक महिना पनि पुगेको थिएन । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट उनी आइतबार विहान तानसेन नगरपालिका वडा नम्वर १२ को अउला भन्ने स्थानमा रहेको घरदेखि करिव १० मिटर दूरीमा रहेको रानीमहल होटल एण्ड रेष्टूरेण्टको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको सुचना आयो । त्यसपछि त्यस घटनाका बारेमा नालेबेली खोज्ने क्रममा हामी उनको माइती परिवारको सम्पर्कमा पुग्यौं । उनको माइती घर अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा नम्वर–३ खिदिम आम्वोट भएको पत्ता लगायौं। मृतक रुपाका बाबु दामोदर पराजुली संग सम्पर्क राख्दा छोरीले आफै आत्महत्या नगरी कसैले हत्या गरेर झण्डिाई दिएको आशंका गरे ।

Advertisement

विवाहको एक महिना नपुग्दै यतिसम्म हिंसा
बाबु पराजुली भन्छन्–‘मेरो साली माग्न आएपछि पाल्पा तानेसेनका सुन्दर घिमिरेलाई छोरी दिइयो । हामीलाई त्यो केटा कस्तो छ भन्ने थाह थिएन । तर, छोरीकी आफ्नै सानीमा माग्न आएपछि केटा र घर–घरान राम्रै होला भनेर छोरी दिइयो ।बैशाख ११ गते हर्ष खुशीका साथ विवाह भयो । दोश्रो दिन उनीहरु धुर्पाइलो फर्काउन आए । दुबै जना खुशी थिए । हामीले खर–खजना सबै कुराको ब्यवस्था मिलाएर घर पठायौं ।’केहि दिन पछि त हामीलाई भन्न अफ्ठ्यारो लागेर छोरीले आफ्नी दिदीसँग श्रीमान चुरोट खाए चुरोट र वियर पिई छोरीको मुखमा थुक्ने,पिट्न गरेको कुरा रुँदै सुनाउन थालिछन् । हामीले ज्वाइँका दाजुलाई फोन गरेर सम्झायौं । हुन्छ सम्झाउँछु भन्दै हुनुहुन्थ्यो ।’

अन्तिम पटक फोन गरेर रोइन् अनि फोन काटियो

पराजुलीले छोरीको अनितम फोन कुराकानीको स्मरण गर्दै थप्छन्–‘अँस्ती साँझ छोरीले फोन गरिन्,सञ्चै हुुनुहन्छ बुवा?उनले सोधिन् । ‘ज्वाँई खै त देउन फोन’ भने । छोरीले ‘मोटरसाइकल लगेर कता हो जानु भएको छ ।’भनेर भनिन् । कुराकानी गर्दा–गर्दै ज्वाँइको मोटर साइकल आयो । हामीले फोनमा सुनिरहेकाछौं । उहाँ मोटरसाइकलबाट ओर्लेर पनि कोठाको चुक्कुल खेलेर भित्र पस्नु भयो । एक छिन पछि ज्वाँँइका दाजुले पछि फोन गर्छ रे भाइले भन्ने जवाफ आयो ।

केहि बेरपछि छोरी फोनमा रुँदै थिईन झ्याप्प फोन काटियो । त्यस पछि हामी निदाऔं । अर्को दिन विहान छोरी झुण्डिएको अवस्थामा फेला परेको भन्दै फोन आयो । ज्वाँइले त्यस रेष्टुरेन्न्टमा ट्यापे केटाहरु जम्मा गर्ने र मादक पदार्थहरु खाने पिउने गरेको आरोप पराजुली लगाउँछन् । उनले त्यस्तै ट्यापे केटाहरु लगाएर छोरीको हत्या गरि झुण्डिएको देखाएको उनको अर्को आरोप छ । होटलको ट्रसमा नाम्लाको पासोमा उनी झुण्डिएकी थिइन । जबकी त्यो ट्रस भुँइदेखि ९ फिट उचाईको छ । कसरी उनी त्यहाँ पासो लगाउन सक्छिन् ? उनले यस्तो प्रतिप्रश्न गरे ।

उनले छोरीका श्रीमानका परिवार जिल्ला प्रहरी कार्यालय पाल्पाका एक अधिकृतको नजिकका मान्छे भएको कारण घटना झ्यासमिस पार्न खोजिएको आरोप लगाउँदै सञ्चार माध्यमले खबरदारी गरि दिनुपर्ने आग्रह गरे । पाल्पाका सूचना अधिकृत लक्ष्मण पचभैयाका अनुसार हिजो विहान रानीमहल होटल एण्ड रेष्टुरेन्टको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको सूचना पाउन साथ त्यस कार्यालयबाट प्रहरी निरीक्षक कै कमाण्डमा खटिएको टोलीले उक्त घटना सम्वन्धि अनुसन्धान गरेको थियो ।

भिसरा परिक्षणका लागि पठाइएको र त्यो आएपछि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष कुमार भट्टराइले बताए । २२ बर्षको उमेरमा विवाह भई एक महिना नपुग्दै न जीवन साथीको माया न जीवन हुँदै सदाका लागि यस धर्तिबाट विदा भएकी रुपा खिदिमकै फर्चमाटाकुरा माध्यामिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएर बसेकी थिइन् । उनले विवाहका दिन हंसमुख चेहरामा फोटा खिचेकी थिइन् भने बेहुलासँगै बसेर अरुलाई फोटा चिच्न समेत लगाउने गरेकी थिइन् ।

नियतिको बज्रपात । तिनै तस्वीहरु परिवारका लागि अन्तिम चिनो बन्न पुगेका छन् । दुई छोरी र एक छोरा मध्ये दामोदर पराजुलीकी उनी दोश्रो सन्तान हुन् । जेठी छोरीको विवाह भइसकेको छ भने मृतक रुपाका भाई घर मै छन् । छिट्टै आउँछु , भाई , बाबा , मम्मी भन्दै हिडेकी रुपाको माइती आउने धोको पनि अधुरै रहन पुग्यो।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व एमाले महाधिवेशन : शुद्धोधनमा गौतम प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा स्वाधिनताको रक्षा अबको ‘मिशन’ : महरा एमाले महाधिवेशन : बुटवल उपमहानगरको अध्यक्षमा ज्ञवाली मंसिरभित्रै महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका बनाउन देउवाको निर्देशन एमाले महाधिवेशन : लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा अहमद एमाले महाधिवेशन : सैनामैना नगर अध्यक्षमा न्यौपाने सर्वसम्मत बुटवलबाटै लुम्बिनी प्रदेश सरकार सञ्चालन रुपन्देहीमा ३ लाख बढीका अवैध पटाका बरामद बढी संक्रमित हुनेमा पत्रकार : महासचिव पुरी पीडितलाई घरमै पुगेर राहत वितरण प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली