ताजा अपडेट »

लुम्बिनी प्रदेशको दाङमा कारभित्र तीन शव फेला

शनिबार, १८ बैशाख २०७८, २१ : २२
10 Shares

दाङ । लुम्बिनी प्रदेशको दाङ्ग स्थित तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशान कारभित्र तीन वटा शव फेला परेका हुन् ।

कतिपयले ती शवहरु बालकका भएको बताएपनि घटनास्थल पुगेका प्रहरी अधिकारीले भने तीन वटा शव फेला परेको जानकारी मात्रै दिएका छन् । ‘चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले भने ‘ घटना बारे अनुसन्धान हुँदै छ ।’

घटानाको प्रकृति नियाल्दा गम्भीर प्रकुतिको देखिएको हुँदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डिएसपी सिंहले बताए । डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए । शनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टाफले गन्ध आएको हुँदा कार भित्र हेर्दा ती शवहरु देखेको बताएका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी