१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ८ साबिक तुराङ्ग गाविसको झुर्मु गाउँमा जन्मिएकी १५ बर्षिया प्रतिभा सापकोटाले सानै देखि डाक्टर बन्ने सपना साचेकी थिइन । जापानमा रहेका बाबू डोलनाथ सापकोटा र आमा लक्ष्मी सापकोटाले पनि एक मात्र छोरी प्रतिभालाई डाक्टरको सेतो कोटमा देख्ने धोको राखेका थिए ।  दुर्भाग्य शनिबार उनको रूपन्देहीको तिलोत्तमा -१ नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ हाइस्कुलको होस्टेलमा अचानक स्वास्थ्यमा समस्या आइ उपचार गर्न लैजाने क्रममा बाटैमा निधन भएको छ ।

Advertisement

त्यस स्कुलका सहप्रधानाध्यापक लिलाधर करातेका अनुसार ‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर शनिबार विहानै घर पठाइएको र उपचारका क्रममा मणिग्रामको क्रिमसन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।  उनका ठूलो बुवा दधिराम सापकोटा भन्छ्न् – एसइइ परीक्षाको तयारीको लागि घर नजिकैका ६ जना छात्राहरूलाई समेत दुई महिना अघि देखि जबर्जस्ती होस्टेलमा बस्न भनिएको थियो । उनी सङ्गै बस्ने साथिहरुले अस्ति देखि नै उनी बिरामी थिइन भनेका छ्न तर त्यस स्कुलले हिजो बिहान मात्र खबर गर्यो । बिहान करिव साढे ८ बजेतिर उनका दाजु प्रकाश लिन गएको र घर आए पछि उनले खान पनि खाएको सुनियो । जति बेला म तुराङ्ग्मै थिए । 

हिजो साझ बुटवल आइ स्कुलका अध्यक्ष लगायतसङ्ग छलफलमा बसियो । एउटा कागजमा स्कुलको कुनै दोष नभएको कागजमा हस्ताक्षर गराउन लागेका रहेछ्न । जुन मैले च्यातेर फाल्दिए । त्यस पछि स्कुलले आफ्नो गल्ती स्वीकार गर्यो । उनको जन्मे थलो तुराङ्गमा जेहेन्ददार विद्यार्थीहरू शैक्षिक विकासमा सहयोग गर्ने गरि ९ लाख ९९ सय हजार ९९ सय रुपैयाँको उनका नाममा अक्षयकोष खोल्न र स्कुल प्राङ्गणमा उनको सालिक राख्न मन्जुर भएर हिजो राती १२ बजे तिर कागज पत्र गरिएको छ । बाबू आमा जापान बाट न आए सम्म दाहसंस्कार नगर्ने भनेर प्रतिभाको शव लुम्बिनी प्रादेशिक अस्पतालको बाकसमा राखिएको छ । बुधबार दिउँसो २ बजेको समयमा बाबू आमा जापान बाट काठमाडौ ओर्लिने भएका छ्न । प्रतिभाको जन्म गाउँ मै भए पनि उनको डाक्टर बन्ने सपना अनुसार नर्सरी देखि नै त्यस बोर्डिङ्ग्मा पढाइएको हो ।

उनका बाबू डोलनाथ सापकोटा र ल्लक्ष्मी सापकोटा गत १२बर्ष देखि जापानमा रहेको र पछिल्लो तीन बर्ष अघि घर आएर फर्किएको मृतक प्रतिभाकी ठुली आमा बिस्णु माया सापकोटाले बताइन् । ‘उहाँको एक मात्र छोरा प्रकाशले अक्स्फोर्ड कलेजमा ब्याचलर पढ्छ्न , एक मात्र छोरी प्रतिभाले त्यसै बोर्डिङ्ग्मा नर्सरी देखि नै पढ्दै आएकी थिइन् । ’सापकोटाले भनिन् । उनिहरुले बोर्डिङ्ग नजिकै नयाँमिलमा घर बनाएर बसेका थिए । 

प्रतिकृया दिनुहोस्

Flash News

सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर