ताजा अपडेट »

वडाद्वारा निःशुल्क वाइफाई सेवा

बुधबार, ०४ असार २०७६, १७ : ५३
6 Shares

असार ४, बुटवल । दुई वर्ष पहिले आफ्नो शहर तथा गाउँलाई फ्रि वाइफाई प्रदान गर्ने नेताहरुको चुनावी नारा थियो । त्यो समयमा गरिएका बाचा अबको बाँकी तीन वर्षमा पूरा हुने हो–होइन हेर्न बाँकी नै छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षले भने बाचा पुरा गर्नेतर्फ लागेका छन् ।

चुनावी बाचानुरुप वडालाई ‘फ्रि वाईफाई जोन’को रुपमा विकास गर्न लागेका हुन् । वडाको ४ ठाउँमा निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन लागिएको वडा अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए । १ लाख ५० हजार लगानीमा ५ वर्षसम्ममा लागि सेवा प्रदान गर्नेगरी वल्र्डलिङ्क कम्पनीसँग सम्झौताभई काम अगाडि बढेको उनले बताए । वडाको जितगढी किल्ला, गणेश मन्दिर क्षेत्र, मिनचोकको नारायण मन्दिर क्षेत्रमा फ्रि वाइफाई जोडिन लागेको हो । वडाको अझ एक ठाउँका लागि कहाँ राख्ने भनि एकीन भइनसकेको उनले जानकारी दिए । कम्तिमा ५० एमविपिएस क्षमताको इन्टरनेट सुविधा विस्तार हुन सक्ने उनले बताए । विहिबारसम्म सबै ठाउँमा वाइफाई जोडि सेवा प्रवाह गरिने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।