Apr 2, 2023
काठमाडौँ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई मंगलबारै स्पष्टीकरण पत्र पठाइने तयारी भएको जानकारी दिए । भट्टराईका अनुसार २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिइने छ ।
स्पष्टीकरण सोध्न तयार पारिएको नेताहरुको सूचीमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडाको नाम छ । यस्तै जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई पनि स्पष्टीकरण सोध्न लागिएको एक नेताले बताए ।
सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनी नियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्