३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

असार ४,

Advertisement

काठमाडौँ। भन्सार प्रणाली छलेर अवैध रूपमा भिœयाइने मोबाइल अब नचल्ने भएका छन् । मोबाइल पहिचानका लागि प्रयोग हुने ‘इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई)’ नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि योग्य हुने प्रणाली लागू हुने भएपछि अवैध मोबाइल नचल्ने भएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो प्रणाली लागू गराउन सोमबार कम्पनी छनोट गरेको छ । प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालका अनुसार ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ नाम दिइएको उक्त प्रणाली ६ महिनाभित्र पूर्ण कार्यान्वयनमा आउनेछ । “एमडीएमएस लागू गराउन कम्पनी छनोट भइसकेको छ”, उहाँले भन्नुभयो, “एक हप्ताभित्र सम्झौतामा हस्ताक्षर गरेर छ महिनाभित्र यो लागू गराउँछौँ ।” 


प्राधिकरणले एमडीएमएस प्रणाली लागू गराउन माग गरेको आशयपत्रमध्ये छनोटमा परेका अन्तिम ६ कम्पनीमध्येबाट न्यु मेरा एम मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम्युनिकेसन सिङ्गापुरको जोएन्ट भेन्चरलाई छनोट गरेको हो । प्राधिकरणका अनुसार ती कम्पनीलाई एमडीएमएस लागू गराउन आफ्नै कोषमार्फत करिब ७८ करोड रुपियाँ उपलब्ध गराइनेछ । प्राधिकरणले छ महिनाभित्र यो प्रणाली जडान गरेर लागू गर्ने गरी एक हप्ताभित्र सम्झौता गर्न लागेको हो ।


धिकरणका अनुसार एमडीएमएस प्रणालीमा मोबाइलमा हुने आईएमईआई नम्बरको सेतो, खैरो र कालो सूची तयार हुनेछ । यस्तो सूची आयातकर्ता, भन्सार कार्यालय, मोबाइल सेवा प्रदायक, सर्वसाधारण, प्राधिकरण र कानुन कार्यान्वयन गर्ने संस्थालाई सहजै उपलब्ध हुनेछ । यसबाट प्रयोगमा रहेका वास्तविक मोबाइल पत्ता लगाउने र अवैध मोबाइल छुट्याउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । भन्सार कार्यालयमार्फत नै मोबाइल ल्याउन प्रोत्साहन गर्ने र अवैध बजारलाई कम गर्ने उद्देश्यसहित यस्तो प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको अध्यक्ष खनालले बताउनुभयो । “यो प्रणाली लागू भएपछि मोबाइलको ‘ग्रे मार्केट’ बन्द हुनेछ”, उहाँले भन्नुभयो । 
एमडीएमएस प्रणाली सञ्चालनमा आएसँगै हराएका र चोरी भएका मोबाइल पनि सहजै पत्ता लगाउन सकिने प्राधिकरणले जनाएको छ । यस प्रणालीमा व्यावसायिक तथा व्यक्तिगत रूपमा भिœयाएका मोबाइलको सहजै दर्ता गर्न सकिने र त्यसको जानकारी भन्सार कार्यालयमा समेत हुने गरी सार्वजनिक वेबसाइट पनि सञ्चालनमा आउनेछ ।

सबै मोबाइलको आईएमईआई विवरण राखिने यस प्रणालीमा हुने सेतो सूचीमा नेपालमा बिक्री र प्रयोग गर्न सकिने मोबाइल, कालो सूचीमा हराएका र चोरी भएका तथा बिक्री र प्रयोग गर्न नसकिने मोबाइल र खैरो सूचीमा दर्ता गरेर प्रयोगमा ल्याउन सकिने मोबाइलको विवरण राखिनेछ । प्राधिकरणका अनुसार कम्तीमा १० करोड आईएमईआई कोड यस प्रणालीमा राख्न सकिन्छ । मोबाइल आयातकर्ताले प्राधिकरणबाट टाइप एपु्रभल अनुमतिको प्रमाणपत्र लिएको र आईएमईआई दर्तासहितको प्रमाण मेसिनले पढ्नसक्ने गरी यस प्रणालीमा राख्नुपर्नेछ । यसरी राखिएको विवरणमा भन्सार कार्यालयले सहजै पहुँच राख्ने र आईएमईआई दर्ता भएको डिभाइसलाई प्रवेशको अनुमति दिएर त्यसलाई सेतो सूचीमा राख्ने गरिन्छ ।


यस प्रणालीले अवैध इन्टरनेट गेटवे प्रयोग गरी नेपालमा टेलिफोन कल भिœयाउन प्रयोग हुने सिम बक्सको पहिचान र त्यसलाई निष्क्रिय पनि बनाउनेछ । त्यस्तै अर्को मोबाइलको टे«डमार्क र डिजाइन चोरी गरिएको मोबाइल आयातलाई पनि नियन्त्रण गर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पहिलोपटक गत वर्षको वैशाख २८ गते एमडीएमएस प्रणाली लागू गराउन आशयपत्र माग गरेको थियो । त्यति बेला जेठ २२ सम्म आशयपत्र पेस गर्ने अन्तिम मिति तय गरिएकोमा प्राधिकरणले त्यसको अर्को दिन फेरि केही व्यवस्था संशोधन गर्दै दोस्रो पटक आशयपत्र माग गरेको थियो । दोस्रो पटक आशयपत्र माग गर्दा पहिलोको भन्दा पाँच करोड रुपियाँ लागत घटाइएको खनालले जानकारी दिनुभयो । दोस्रो पटक माग गरिएको आशयपत्रका आधारमा 
प्राधिकरणले गत वर्षको असोज २६ गते ६ वटा कम्पनी छनोट गरेको थियो । छनोटमा परेका कम्पनीमध्ये प्राधिकरणले सोमबार तीन देशका कम्पनीको जोएन्ट भेन्चरसँग सम्झौता गर्न लागेको हो । – विश्वास रेग्मी /गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य