ताजा अपडेट »

ग्लोबल आवाजमा पदस्थापन, परिमार्जित र थप शसक्त बन्नुपर्नेमा जोड

विहीबार, ०२ बैशाख २०७८, १६ : ३९
6 Shares

बुटवल । फेक न्युजको बिगबिगी बढिरहेको अवस्थामा अनलाइन पत्रिकाहरू अझैपनि परिमार्जित र थप सशक्त बन्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरूले अनलाइन पत्रिकाहरूलाई सङ्गठनमा बाँधेर बलियो बनाउँदै मिडिया बाँच्ने अवस्था ल्याउनको लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन् । 

ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाज डटकम डिजिटल पत्रिकामा पदस्थापन कार्यक्रममा बोल्ने सरोकारवालाले अनलाइन पत्रिकालाई विश्वसनीय बनाउनको लागि सबैको साथ सहयोग आवश्यक रहेकोमा जोड दिएका हुन् । स्थापनाको २ वर्षपछि ग्लोबल आवाज डटकम डिजिटल पत्रिकाका निर्देशक, प्रबन्ध सम्पादकलगायतका सम्पूर्ण कर्मचारीको पदस्थापन गरिएको हो । बिहीबार एक कार्यक्रमको आयोजना गरि डिजिटल पत्रिकाका कर्मचारीहरूलाई पदस्थापन गरिएको हो । 

मुख्यमन्त्री एवं मन्त्रपरिषद् कार्यालयका प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष शेर बहादुर केसी र महासंघ रूपन्देहीका पूर्व उपाध्यक्ष दिनेश पाण्डेले पदस्थापन गराएका हुन् ।  पदस्थापन कार्यक्रममा बोल्दै पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष केसीले पत्रकारितामा शुद्धिकरण आवश्यक रहेकोमा जोड दिए । उनले अनलाइनलाई फेक न्यूज सोच्ने परम्परालाई हटाउनको लागि अनलाइनले काम गर्नुपर्नेमा सुझाव दिएका थिए । 

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रूपन्देहीका नि. उपाध्यक्ष पाण्डेले समाचार लेखेका सञ्चार माध्यमले भोग्नुपर्ने जोखिमको विरुद्ध उभिने प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारितालाई अझै सरल र सहज बनाउँदै सञ्चार गृह बाच्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा ग्लोबल आवाजका प्रबन्ध सम्पादक गौतम भुसालले सरकारले दिने सेवा सुविधा अनलाइन मिडियाले पाउन नसकेको भन्दै दुख व्यक्त गरे । उनले अनलाइनलाई विश्वसनीय बनाउनको लागि हरसम्भव प्रयास गरिरहेको बताए । कार्यक्रममा बोल्दै ग्लोबल आवाजका निर्देशक सृष्टि अधिकारीले अन्य क्षेत्रको व्यवस्थापनको तुलनामा मिडिया व्यवस्थापन फरक रहेको बताइन् । उनले अनलाइनलाई अझै व्यवस्थित गर्नको लागि हरेक काम गर्ने बताइन् । 

कार्यक्रममा बोल्दै ग्लोबल आवाजका सम्पादक एन.बी.कंडेलले २ वर्ष पहिले स्थापना गर्दा भोगेका समस्या बताउँदै स्थापना पछि कोभिड १९ कारणले केही असर पारेपनि बिचलित नभई अनलाइनले पाठकले खोजेका सामाग्री प्रकाशन गरिरहेको बताए । उनले व्यवसायीक पत्रकारिताले अनलाइन पत्रिकालाई अझै विश्वसनीय बनाउन प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा ग्लोबल आवाजका प्रबन्ध निर्देशक तथा प्रबन्ध सम्पादक गौतम भुसाल, निर्देशकमा सृष्टि अधिकारी, सम्पादकमा एनबी कँडेल, समाचार संयोजकमा डिबी सुस्लिङ, व्यवस्थापकमा विवेक न्यौपाने, डेक्स संवाददातामा बसन्त आचार्य, आचार्य प्रदीप, विद्या न्यौपाने, पार्वता श्रेष्ठ, हेमा बस्याललाई पदस्थापन गरिएको छ । 

सोही अवसरमा ग्लोबल आवाजका लेखक छवि पाण्डे, डि.बी गुरुङ्ग, माधव प्रसाद पौडेल, हुमराज भुसाल, प्राविधिक प्रमुखमा कुलदीप शर्मा, डिजाईनरमा अमित गुप्ता, सह-लेखापालमा बेलकुमारी घर्ती र कार्यालय सहायकमा  सिर्जना थापालाई पदस्थापन गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।