April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

लुम्बिनी प्रदेश उद्योग परिसंघमा जिम्मेवारी बाँडफाँड, वरिष्ठ उपाध्यक्षमा रेग्मी

822

बुटवल । लुम्बिनी प्रदेश उद्योग परिसंघको बुटवलमा आयोजित प्रथम बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । परिसंघका अध्यक्ष एजाज आलमको अध्यक्षतामासम्पन्न बैठकले परिसंघको वरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी तथा उपाध्यक्षहरुमा बाबुराम बोहोरा, बोनिन पिया, रामप्रसाद बस्याल र सफर अलि मियालाई चयन गरेको छ ।

बैठकले जिल्लाहरुमा उद्योग संघ गठनका निमित्त विशेष जिम्मेवारी समेत प्रदान गरेको छ । जस अनुसार गुल्मीमा श्रृजना अर्याल, अर्घाखाँचीमा बाबुराम श्रेष्ठ, कपिलवस्तुमा सफर अलि मियाँ, दाङ्गमा गेहेन्द्र बहादुर बस्नेत, पाल्पामा नारायण कार्की र बाँकेमा तारा रोकायालाई जिम्मेवारी प्रदान गरेएको हो । परिसंघले संस्थागत गतिविधि विस्तारसँगै औद्योगिक विकासका आधारहरु तय गर्न बुटवलमा सचिवालय स्थापना गरी काम अघि बढाएको छ । यस अघि प्रदेश भेलाबाट एजाज आलमको अध्यक्षतामा १५ सदस्यीय लुम्बिनी प्रदेश उद्योग परिसंघको गठन गरिएको थियो ।


Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/globalaawaj/public_html/wp-includes/functions.php on line 5145

पछिल्लो अपडेट