April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

माओवादीले गर्यो लुम्बिनी प्रदेशका सांसदद्वय न्यौपाने र पन्थीलाई कारवाही

1.2K

बुटवल । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएका लुम्बिनी प्रदेशका दुई सांसदलाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई दिएको छ । सर्वोच्च अदालतले नेकपा खारेज गरी माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिएपछि माओवादीका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थी माओवादी केन्द्रमा नफर्कि एमालेमा प्रवेश गरेका थिए ।

प्रदेशसभाको नियमावली १९० अनुसार कारवाही गरेको पत्र आएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए । अब नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभालाई जानकारी गराउने सचिव पुनले बताए । माओवादी छाडेर एमालेमा गएपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरण दिएका थिएन् ।

पछिल्लो अपडेट