ताजा अपडेट »

घोराही-लमही सडकखण्ड ५ दिन लागि बन्द

शुक्रबार, २० चैत्र २०७७, १४ : ४०
4 Shares

दाङ । घोराही लमही सडक केहि दिनका लागि बन्द हुने भएको छ । लमही घोराही सडक खण्डमा केहि ठाउँमा सडक जिर्ण भएकोले मर्मत सम्भार गर्नु परेकाले बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

उक्त सडक मिति २०७७ चैत्र २२ गते बिहानदेखि चैत्र २६ गते साँझ ५ बजेसम्म बन्द हुने भएको हो । साथै उक्त सडकमा बस, ट्रक, टिप्पर, ट्रली हेभी सवारी साधनहरु पूर्ण रुपमा बन्द हुनेछन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी