ताजा अपडेट »

दाङमा आगलागी, ६ घर जलेर नष्ट

सोमबार, ०२ चैत्र २०७७, १४ : १०
2 Shares

दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका ६ ढिकपुरमा सोमबार विहान करिब १० बजेतिर विद्युतको तार सट भइ आगलागी हुदाँ ६ वटा फुसको छाना भएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ । आगोलाई लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे थियो।

आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट के कती क्षती भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी