ताजा अपडेट »

रुपन्देहीबाट सिमेन्ट बोकेर काठमाडौँ जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, २ जनाको मृत्यु

मंगलबार, २५ फागुन २०७७, १५ : २७
6 Shares

धादिङ । रुपन्देहीको भैरहवाबाट सिमेन्ट बोकेर काठमाण्डौ जाँदै गरेको ट्रक धादिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको बेनीघाटबाट लु १ ख ७७६२ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो ।

ट्रक नदीमा खस्दा ट्रकका चालक काभ्रेको बनेपा नगरपालिकाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । ट्रक नदीमा खस्दा सिमेन्ट नष्ट भएको छ। -(यस अघि अन्यथा हुन गएकोमा सच्चाइएको छ ।-सम्पादक)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।