ताजा अपडेट »

नारी दिवस बारे अन्जान छन् यी नारी

सोमबार, २४ फागुन २०७७, २२ : ०८
12 Shares

दाङ्ग । १११ औं अन्तराष्ट्रिय महिला दिवसको दाङलगायत देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । तर, चाहे खोलामा गिट्टी कुटेर छाक टार्नको लागि काम गर्ने हुन वा बजारका सडक पेटीमा फलफुल बेच्न महिलाहरु हुन् । कसैलाई नारी दिवसको वास्ता छैन् र नारी दिवस ठूलाबडाको लागि मात्रै भएको मान्छन्।

दाङ तुलसीपुर उपमहानगरपालिका ९ अटो भिलेज बस्ने ६० वर्षीया बुद्धि परियारले पातुखोलाको बगरमा गिट्टी कुटेर दैनिक चलाएको १० बर्ष भन्दा बढि भयो । तर, उनीलाई अहिलेसम्म यो दिवसको बारेमा थाहा छैन् । उनीलाई अरु कुनै चिन्ता पनि छैन् । जसरी नि एक ट्रयाक्टर गिट्टी बनाउने २ हजारमा बेच्ने र घर खर्च चलाउने चिन्ता छ । बुद्धि मात्र होइन पातुखोलाको बगरमा दर्जनौँ महिलाहरुले साँझ-विहानको छाक टार्नको लागि गिट्टी कुदै आएका छन् ।

त्यस्तै, सोही ठाउँमा गिट्टी कुर्दै आइरहेकी भविसरा विकको पनि उस्तै पीडा छ । उनले नारी दिवस थाहा नभएको बताइन् । आज १११ औं अन्तराष्ट्रिय महिला दिवसको दाङ लगाएत देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । तर, चाहे खोलामा गिट्टी कुटेर छाक टार्नको लागि काम गर्ने हुन वा बजारका सडक पेटीमा फलफुल बेच्न महिलाहरु हुन् । कसैलाई नारी दिवसको वास्ता छैन् । तुलसीपुरको विपी चोकमा फलफुल बेच्दै आइरहेकी नौसरा केसीले आफुहरु जस्तालाई अरु केही नभए पनि गरिखान दिनु पर्ने बताइन् । महिला दिवस ठूला मान्छेहरुको लागि मात्र भएको उनको भनाइ छ ।

यो नारी दिवस संघसंस्थामा आवद्ध भएका तथा कर्मचारी, जनप्रतिनिधीहरुलाई मात्र थाहाँ भएको र श्रमजीवि महिलाहरुलाई थाहाँ नहुदाँ सबैलाई जागरुक बनाउन अभियान चलाउनु पर्ने घोराही १५ की रेखा वलीले बताइन् । त्यस्तै, महिला दिवसलाई पर्वको रुपमा मनाउँदै आइरहेको भएता पनि श्रमिक महिलाहरुलाई नियम, नीति र राजनीतिले प्राथामिकता नदिएको अन्तरपाटी महिला संजाल दाङकी अध्यक्ष सुशिला पौडेलले बताइन् ।

यता स्थानिय सरकारले भने महिलाको लागि काम गर्दै आइरहेको तुलसीपुर उपमहानगरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले बताइन् । स्थानीय तहले महिला हक अधिकारको लागि काम गरेको दाबि गरेपनि अहिले सम्म त्यस्ता श्रमजिवि महिलाहरुले गाँउ-गाँउमा सिंहदरबार भन्ने अनुभूति गर्न पाएका छैनन्। महिला दिवसमा मात्रै नभएर श्रमजिबिहरुको हकअधिकारमा राज्यले छुट्टै नीति बनाएर लगेका केहि सहज हुने थियो की ?

सुमन केसी
लेखकको बारेमा
सुमन केसी