ताजा अपडेट »

तुलसीपुर उपमहानगरले भूमि नक्साकंन ड्रोन क्यामेराबाट गर्ने

शुक्रबार, २१ फागुन २०७७, १७ : ३८
18 Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले भुमि नक्साकंन ड्रोन क्यामेराबाट गर्ने भएको छ । सुकुम्बासी, दलित भुमिहिन तथा अब्यवस्थित बसोबासहरुको लागि लगत संकलन कार्य सम्पन्न भइसकेको र अब नक्साकंन गर्नको लागि ड्रोन क्यामेरा प्रयोग गरेर उपमहानगरपालिका भित्रका १९ वटै वडामा सर्वेक्षण गर्ने भएको छ ।

शुक्रबार एक कार्यक्रमका विच तुलसीपुर उपमहानगरपालिकाकामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख घनश्याम पाण्डेले ड्रोनबाट अब त्यस्तो सर्बेक्षण गरिने बताए । उनले उपमहानगरपालिकाको सम्रग भूमि व्यवस्थापन, योजनाको अनुगमन कार्यलाई छिटो छरितो बनाउन ड्रोनको सेवाले थप मद्दत गर्ने समेत बताए । उनले आफुहरुले निर्वाचनमा बोलेका कुरालाई पछ्याउँदै अघि भन्दै उपमहानगरपालिकाको बजार क्षेत्रलाई निगरानी गर्ने ड्रोन क्यामेराले थप मद्दत गर्ने समेत बताए ।

मेयर पाण्डेले ड्रोन क्यामेराको माध्यमबाट भू–सुचना प्रणालीलाई व्यवस्थित गर्ने कामलाई सहज हुने दाबि गरे । ‘अहिले भूमिहिन सुकुम्बासी र अव्यवस्थित रुपमा बसोबासीहरुको लगत संकलन गर्ने काम भइरेहको छ र अब तत्कालै हामी त्यसको लागि जग्गा नापजाँच गर्ने कामको सुरुवात गर्ने छौँ,’ उनले भने ‘, उक्त कामलाई छिटो छरितो बनाउनका निम्ती ड्रोन सेवाबाट त्यसको नाप जाँच गर्ने र छिटो भन्दा छिटो भुमिहिन दलित,सुकुम्वासीलाई लालपुर्जा प्रदान गर्ने काम अघि बढाउने छौँ ।’

उनले तुलसीपुरको स्मार्ट सिटीको रणनीतिक योजना अनुसार कामहरु अघि बढाएको समेत बताए । त्यस्तै उपमहानगरपालिकाका नापी अधिकृत प्रदिप ज्ञवालीले भूमि प्रशासन, भुमि व्यवस्थापनका चुनौती र रुपान्तरणकारी योजनाका बारेमा जानकारी दिए । उनले कानुनी निर्देशिका अनुसार उपमहानगरपालिकामा ड्रोनबाट नक्साङ्कन गर्ने योजना बनाइएको समेत बताए । ‘ड्रोन क्यामेरा, चालक सवारी विना सञ्चालन हुने यन्त्र हो,’ उनले भने,‘ यसले झन्डै ८ हजार मिटर टाढाको स्थानमा रहेर ड्रोनबाट तस्बिर, भिडियो लिन सकिने छ ।’ उनका अनुसार यो ड्रोन क्यामेरालाई १ सय २० मिटर माथि सम्म उडाउन सकिने छ ।

उनले उपमहानगरपालिकाको कामलाई छिटो छरितो बनाउन साढे ३ लाख बढी मूल्यमा उक्त ड्रोन क्यामेरा किनेर ल्याइएको समेत बताए । उनका अनुसार कुनैपनि एक जनाको काम गर्दा २÷३ जना कर्मचारीहरु आवश्यक पर्ने गर्दथ्यो । त्यो पनि करिब एक हप्तासम्म सयम लाग्ने गर्दथ्यो । तर, अब ड्रोन क्यामेराबाट काम गर्दा एक जना मात्र भए हुने र एक दिनमा धेरैको काम गर्न सकिने छ । त्यस्तै, उनले ड्रोन क्यामेरालाई भुमि सम्बन्धि काममा मात्र नभइ कृषि, स्वास्थ्य, पर्यटकीय क्षेत्रमा समेत प्रयोग गर्न सकिने बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी