१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

Advertisement

बुटवल । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले काठमाडौं उपत्यका बाहिर बुटवलमा पहिलो पटक आइतबार ‘विद्यार्थीसँग नेप्से’ विषयक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । नेप्सेको आयोजना र एक्सिस कलेज जानकीनगर, रूपन्देहीको सहकार्य तथा लिन्च स्टक मार्केटको समन्वयमा कार्यक्रम भएको हो । सेमिनारमा नेपालको पूँजी बजारका ‘इस्यू एण्ड फयाक्ट’ र ‘नेप्से अनलाइन टेनिङ सिस्टम’ विषय दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

पूँजी बजारका ‘इस्यू एण्ड फयाक्ट’ विषयक पहिलो कार्यपत्र प्रस्तुत गर्दै नेप्सेका प्रबन्धक निरञ्जन फुयालले नेपालको वर्तमान पूँजीबजारलाई अन्तर्राष्ट्रिय पूँजीबजारसंग तुलना गर्दै बजारमा वित्तीय साक्षर लगानीकर्ताको आवश्यकता रहेको बताए । उनले यसलाई विद्यार्थीहरुको सक्रिय सहभागिता मार्फत परिपूर्ति गर्न सकिने बताए ।

फुयालले नेपाली पूँजी बजारमा नयाँ संरचना तथा संस्थाहरुको सहभागिता अझै आवश्यक रहेकोले विद्यार्थीहरुका लागि थप रोजगारको क्षेत्र सृजना हुने बताए । उनले सानो लगानीले विद्यार्थीहरुले लगानी पोर्टफोलियो तयार गर्न सुझाव दिए । साथै पूँजी बजारको लगानी जोखिम मुक्त नभई जोखिम युक्त भएकोले विस्तृत अध्ययनपछि मात्र लगानी गर्न फुयालले आग्रह गरे ।

नेप्से अनलाइन ‘टेनिङ सिस्टम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिकृत प्रभाकर घिमिरेले नेप्सेको अनलाइन कारोवार प्रणाली प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा प्रकाश पारेका थिए । घिमिरेले सबै विद्यार्थीहरुलाई बजारमा उपलब्ध प्रविधि प्रयोग गर्दै सचेत भएर लगानी गर्न सुझाव दिए । साथै उनले बजारमा ‘टेक्नोफेन्डली’ भएकोले आफुले पनि प्रविधि प्रयोग गर्न र अरूलाई पनि प्रविधिको प्रयोग गरेर बजारमा लगानी गर्न सुझाव दिए ।

उक्त सेमिनारमा एक्सिस कलेजका २ सय भन्दा बढी व्यवस्थापन संकायका विद्यार्थीहरुको सहभागिता रहेका थियो । कार्यक्रम एम्सिस कलेजका अध्यक्ष होमराज बस्यालको सभापतित्वमा भएको हो । सेमिनारमा विद्यार्थीले उठाएका प्रश्नको जवाफ नेप्सेका प्रवन्धक निरन्जन फुयाल तथा वरिष्ठ अधिकृत प्रभावकर घिमिरेले दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा एक्सिस कलेजका प्राचार्य रामप्रसाद अर्यालले कलेजले विषयवस्तु भन्दा बाहिरको विषयमा पनि ज्ञान बढाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइएको बताए । त्यही मध्येको कार्यक्रम अन्तर्गत ‘विद्यार्थीसँग नेप्से’ पनि रहेको अर्यालले जानकारी गराए । कार्यक्रममा कलेजका सञ्चालक गोपाल प्रसाद पाण्डे, सह प्राचार्य घनश्याम उपाध्याय, प्राध्यापक जीवनकुमार पौडेल, अमित न्यौपाने, विष्णु ढुंगानाको सहभागिता रहेको थियो । प्राध्यापक विष्णु प्रसाद गैरकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भैरहवा स्थित भिम अस्पतालका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा