ताजा अपडेट »

नेप्सेसँगै घट्यो कारोबार रकम

विहीबार, १३ फागुन २०७७, १६ : ५०
8 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ।अघिल्लो कारोबार दिन १३.०४ अंक बढेर २५९९.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन ४४.९४ अंक घटेर २५५४.१३ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन २०६ कम्पनीको ८३ हजार ४०७ पटकको कारोबारमा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।

पछिल्लो समय दैनिक ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भइरहेको बजारमा हिजो प्राविधिक समस्याका कारण कारोबार रकम घटेको थियो। तर, यस दिन भने त्यस्तो कुनै समस्या नभएपनि कारोबार रकममा गिरावट आएको छ। लगानीकर्ताहरुले अपेक्षा गरे बमोजिम बजारले सकारात्मक दिशा लिन नसकेपछि कारोबार रकम केही घटेको एक विश्लेषक बताउँछन्। -(मेरो लगानी)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।