ताजा अपडेट »

आगलागीमा परी लाखौँ क्षति

मंगलबार, ०४ फागुन २०७७, १७ : २८
10 Shares

जलेश्वर। महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित राजेशचन्द्र यादवको घरमा आज आगलागी हुँदा मोटरसाइकलसहित लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज अपराह्न राजेशको घरमा चुलोबाट आगो सल्किएर आगलगी हुँदा घरमा रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकललगायत वस्तु जलेर नष्ट भएको छ ।

पीडित परिवारका अनुसार घरसहित घरभित्र रहेका अन्नपाती, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकल, केही नगद र केही गरगहनासमेत गरी सबै थोक पूर्णरुपमा जलेर नष्ट हुँदा रु पाँच लाख बढीको क्षति भएको छ । उक्त आगलागी प्रहरीचौकी सीतापुरबाट खटि गएका प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

रासस
लेखकको बारेमा
रासस