१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।एक सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्शाअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउने भन्दै उनीहरुले रु ४० हजार घुस मागेको पाइएको छ ।

उनीहरुले घुसका अलावा एक बोतल मदिरा लिएको पाइएको आयोगको अभियोगमा उल्लेख छ । आयोगले उनीहरुविरुद्ध रु ४७ हजार ८५० बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।यस्तै आयोगले स्रोत नखुलेको रु एक लाख ९० हजार नगदसहित बागमती प्रदेशमा दर्ता भएको एक सवारी साधन सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा निमित्त कार्यालय प्रमुख श्रेष्ठलाई सैनामैना नगरपालिका १० रुपन्देहीको पूर्व–पश्चिम राजमार्गको कोठो वनबाट नियन्त्रणमा लिइएको आयोगको भनाइ छ । आयोगले गत माघ २९ गते पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य