ताजा अपडेट »

बलात्कारपछि हत्या गरिएकी १९ वर्षिया भागरथीको न्यायको लागि दाङ्गका युवाहरु सडकमा

शुक्रबार, ३० माघ २०७७, २० : ३९
4 Shares

दाङ । बलात्कारपछि हत्या गरिएकी बैतडी भागरथी भट्टको न्यायका लागि दाङमा युवाहरु सडक उत्रिएका छन् । विहीवार दाङको तुलसीपुरमा विरोध प्रर्दशन गरेका छन् । उनीहरुले निधारमा कालो कालो पट्टी बाधेर विरोध प्रर्दशन गरेका थिए । उनीहरुले भागरथीको परिवारलाई न्याय र अपराधि पत्ता लगाइ कडा भन्दा कडा कारबाहीको माग गरेका थिए । घटना घटेको यतिका दिन हुदाँ समेत अपराधि पत्ता नलाग्नुमा सरकारले नै ध्यान नदिएको भन्दै उनीहरु आक्रोस ब्यक्त गरेका थिए । विपी चोकबाट शुरु भएको विरोध प्रर्दशन बजारका विभिन्न भागमा परिक्रमण गरी विपीचोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै युवा अविशेष भण्डारीले दैनिक कम्तिमा ६ वटा बलात्कारका घटनाहरु घटिरहेको भन्दै सरकारले ध्यान नदिएको आरोप लगाए । उनले सरकारमा रहेका मान्छेहरु आफ्नो कुर्सी जोगाउन मात्र ध्यान दिएको र देशमा दैनिक रुपमा भइरहेको बलात्कारका घटना प्रति सरकारले चासो नदिएको समेत आरोप लगाए । ‘निर्मला पन्तको हत्या भएको २ बर्ष ५ महिना भयो,’ उनले भने,‘ पिडित परिवारले न्याय पाउनु त कुरै छाडौँ । अहिले सम्म यो सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन् । अब के भागरथीले न्याय पाउँलीन र ? ’ उनले बलात्कार गर्नहरुले कडा कारबाही नपाएका कारण यसलाई त्यस्ता अपराधिहरुले संस्कृतिको रुपमा लिएको भन्दै यस्ता घटनाहरु रोक्नको लागि राज्यले बलात्कारीलाई फासीको सजाय दिने कानुन ल्याउनु पर्ने माग गरे ।

त्यस्तै, अर्का युवा झग्गु भण्डारीले आफुहरु जस्ता युवाहरुले कडा भन्दा कडा कारबाहीको माग गर्दै आइरहेको भएता पनि सरकारले नसुने झैँ गर्दै आइरहेको बताए । उनले अहिले पनि हामी युवाहरु अपराधिलाई कारबाही र पिडित परिवारलाई न्याय होस् भन्दै सडकमा आइरहेको अवस्था सरकारमा बस्ने मान्छेहरुले काम नपाएका भन्ने गरेको उनले बताए । त्यसैगरी उनले राज्यबाट अब केहि पनि सहयोग नहुने भएकाले युवाहरु अब आफै सचेत हुनु पर्ने अवस्था आएको समेत बताए ।

सामना पौडेलले देशका दैनिकहरु बलात्कारका घटनाहरु घटिरहेको अवस्थामा सरकारले ध्यान नदिएको आरोप लगाइन् । उनले नेपालमा दैनिकहरु यस्ता घटनाहरु घटि रहदाँ विदेशम गएका नेपाली चेलिहरुको अवस्था कस्तो होला भन्दै राज्यले ध्यान दिनु पर्ने बताइन् । ‘ अहिले म आफै सुरक्षित छैन्,’ उनले भनिन्,‘ म कलेज जादाँ झोलामा खुकुरी बोकेर जानु पर्ने अवस्था आयो । मैले झोलामा किताब बोक्ने हो की खुकुरी ? खोइ राज्यले हामीले सुरक्षाको ग्यारेन्टी गरेको ।’

सुमन केसी
लेखकको बारेमा
सुमन केसी