ताजा अपडेट »

काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको शक्ति प्रर्दशन

बुधबार, २८ माघ २०७७, १३ : ३२
4 Shares

काठमाण्डौं । प्रचण्ड-नेपाल समूहको नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध जुलुस सुरू भएको छ। काठमाडौँका पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमललाई केन्द्र बनाई जुलुस निकालिएको छ । मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ ।

त्यसपछि भृकुटीमण्डपमा पुगेर परिणत हुने सभालाई अध्यक्षद्वय प्रचण्ड-नेपाललगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा

विरोध प्रदर्शन शुरु भएसँगै आज राजधानीको यातायात प्रभावित भएको छ । मूख्य सडकहरुमा सार्वजनिक सवारी साधनहरु चल्न दिइएको छैन । सुरक्षा सर्तकता पनि उच्च पारिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।