२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुगेको छ ।

Advertisement

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३० विन्दुले बढेर ४५९.३२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि रु साढे १० अर्ब बराबरको भएको छ । कूल २०२ कम्पनीको एक करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ मूल्यमा खरीदबिक्री भयो । नेप्सका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख ७० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३.७१, विकास बैंक ०.१७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले ओरालो लागेको छ । यस्तै व्यापार ८२.८२, होटल २७.५२, जलविद्युत् ५९.२१, वित्त १६.०९, निर्जीवन बीमा ४९०.३, उत्पादन ४१.७१, अन्य ५३.९२, लघुवित्त ३३४.२५ र जीवन बीमा ५७२.११ विन्दुले बढेको छ । कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड १७ लाख ४९ हजार ७९७ बराबरको कारोबार भयो ।

यस्तै नेपाल लाइफ इन्सुरेन्स रु ३१ करोड ७६ लाख ९७ हजार ९४४, शिखर इन्सुरेन्स रु ३१ करोड ४६ लाख ८२ हजार ९७३, ग्लोबल आइएमई बैंक रु २९ करोड ४६ लाख सात हजार ३४३, छिमेक लघुवित्त विकास बैंक रु २६ करोड ९७ लाख ९९ हजार ५५९, डिप्रोक्स लघुवित्त रु २६ करोड पाँच लाख ५० हजार २७७, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड ८१ लाख ४० हजार ६९५, नेशनल लाइफ इन्सुरेन्स रु २३ करोड ३२ लाख ८२ हजार ७८८ र स्वावलम्बन लघुवित्त रु २२ करोड २० लाख ७९ हजार २९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त गणपति माइक्रोफाइनान्स, नागरिक लगानी कोष, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती सबै कम्पनीको शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले समान ९.९९ प्रतिशतले कमाए । यस्तै नेपाल फाइनान्स ६.२७, ङादी ग्रुप ४.७४, सनराइज फस्ट म्युचुअल फन्ड ३.०२, नारायणी डेभलपमेन्ट बैंक २.७९ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस्

Flash News

तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ