ताजा अपडेट »

दाङमा विहानैदेखि बन्दको प्रभाव, यातायात तथा बजार ठप्प

विहीबार, २२ माघ २०७७, ११ : २९
4 Shares

दाङ । सरकारले संवैधानिक निकायमा प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।

बन्दका कारण दाङमा बिहानैदेखि सवारी साधन कम चलेका छैनन् । छिटफुट रुपमा साना निजी सवारीका साधन संचालनमा आएपनि सार्वजनिक सवारी साधन ठप्प रहेका रहेका छन् । बन्दका कारण बजारहरु पनि सुनसान देखिएका छन् । जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमही, भालुवाङलगायतका बजारमा औषधि पसल, अस्पताल बाहेक अन्य व्यापार व्यवसाय प्राय ः बन्द छन् । बन्दमा अवान्छित क्रियाकलाप हुन सक्ने भएकाले ठाउँठाउँमा प्रहरी परिचालन गरिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । बन्द भएपनि प्रहरीले गन्तव्यमा हिडेका यात्रुलाई सार्वजनिक सवारीमा स्कटीङ गरेर पुर्याउने गरेको एसपी चन्दले बताए ।

तुलसीपुरमा पनि प्रहरीले बन्दमा हुन सक्ने क्रियाकलापलाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएपी शिबबहादुर सिंहले जानकारी दिए । नेकपा प्रचण्ड–नेपाल समुह दाङका अध्यक्ष टिकाराम खड्काले साँझ ६ बजेसम्म बन्द जारी रहने विज्ञाप्तीबाट जानकारी दिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी