ताजा अपडेट »

प्रचण्ड-नेपाल समूहद्वारा आयोगमा पार्टीको आधिकारिकता दाबी पेश

मंगलबार, २० माघ २०७७, १२ : ३४
4 Shares

काठमाडौँ । प्रचण्ड–नेपाल समूहको नेकपाले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेश गरेको छ । मंगलबार बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेर पार्टीका नाम र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गरेका हुन् ।

सो पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गरेको छ । दफा ४४ अनुसार कुनै पनि पक्षले केन्द्रीय कमिटीको ४० प्रतिशत सदस्यको हस्ताक्षर र प्रमाणसहितको विवरण आयोगमा पेस गर्दै आधिकारिकता दाबी गर्न सक्छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।