ताजा अपडेट »

सामाजिक अध्ययन शिक्षणमा भाषाको कुरा

विहीबार, १५ माघ २०७७, २० : ५६
411 Shares
विहीबार, १५ माघ २०७७
411 Shares


पाठ्यक्रमको विकास, परिमार्जन तथा अद्यावधिक गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया हो । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले नेपालको विद्यालय शिक्षाको नयाँ नीति र संरचना भर्खरै सार्बजनिक गरेको छ । नयाँ पाठ्यक्रमले संकायमा आधारित उच्च माध्यमिक तह खारेज गरेको छ ।

अब कक्षा ११, १२ पनि विद्यालय शिक्षाको अंग भएको छ । हुनत अझैपनि विद्यालयहरुले संकायगत मानसिकता त्याग्न सकिरहेका छैनन । यसपटक पनि विद्यार्थीले पुरानै तरिकाबाट विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाजस्ता छुट्टाछुट्टै संकाय मानेर कक्षा ११ मा भर्ना भए । नयाँ पाठ्यक्रम लागु हुने नहुने भन्ने संशय सम्मानित सर्वोच्च अदालतका निर्देेशनात्मक आदेश सँगै अन्त्य भएको छ । नयाँ पाठ्यक्रम अनुसार पठनपाठन सुरु भएको छ । नयाँ पाठ्यक्रमलाई यसै शैक्षिक शत्र देखि कार्यान्वयन गर्ने कुरामा दृढ देखिएको सरकारी प्रयास सफल भएको छ । अनिवार्य विषयको रुपमा कक्षा ११ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा थपिएको छ ।

खास गरेर माध्यमिक तहको शिक्षाको कार्यदिशासमाज निर्माणमा योगदान गर्न सक्ने सक्षम नागरिक तयार गर्नु हो । कोभिड–१९ का कारण सिर्जित समस्याले गर्दा यतिबेला शैक्षिक शत्र नै अस्तव्यस्त हुन पुगेकोछ । यस्तो अस्तव्यस्त वातावरणमा विद्यार्थीलाई अतिरिक्त बोझ हुने हो कि भन्ने कतिपयको चिन्ता पनि छ । नयाँ पाठ्यक्रमले अब कक्षा ९ देखि १२ कक्षा सम्मलाई एकिकृत गर्ने छ । नयाँ पाठ्यक्रम विगत ४ वर्ष देखिको प्रयास हो । शिक्षा ऐनको आठौं संशोधन मार्फत अब नेपालको विद्यालय शिक्षा कक्षा १ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह रहनेछ । विद्यालय शिक्षाको सन्दर्भ उल्लेख गर्दै पाठ्यक्रम विकास केन्द्रले यस्तो दृष्टिकोणसार्बजनिक गरेको छ ।

विद्यालयको शिक्षालाई आधारभूत र माध्यमिक गरी दुई तहमा बाँडिएको छ । माध्यमिक शिक्षाले विद्यार्थीहरूमा ज्ञानकोखोजी गरी सिकाइ र वास्तविक जीवनबीच सम्बन्ध स्थापित गर्ने, सिद्धान्त र व्यवहारको समन्वय गर्ने तथा स्वपरावर्तित हुँदै ज्ञान, सिप र क्षमतालाई अद्यावधिक गर्ने सक्षमता विकास गराउनु पर्छ । यस तहको शिक्षाले अधिकार, स्वतन्त्रता रसमानताको प्रवद्र्धन गर्ने, आफ्नो कर्तव्यप्रति सचेत हुने, स्वस्थ जीवनशैलीको अभ्यास गर्ने, तार्किक विश्लेषण गरी निर्णयगर्ने,वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक हुने नागरिक तयार गर्न सहयोगगर्नुपर्छ ।

विद्यार्थीहरूमा नैतिक आचरण प्रदर्शन गर्ने, सामाजिक सद्भावप्रति संवेदनशील हुने, पर्यावरणीय सन्तुलनप्रतिसंवेदनशील हुने, द्वन्द्व व्यवस्थापन गर्दै दिगो शान्तिका लागि प्रतिबद्ध रहने, आधुनिक ज्ञान, सिप, सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने सक्षमताको विकास यस तहको शिक्षाका अपेक्षा हुन् । त्यसैगरी राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्वीकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्ने, सहिष्णुभाव राख्ने, सिर्जनशील, कल्पनाशील, उद्यमशील एवम् उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्नेलगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवम् समावेशी समाज निर्माणमा योगदान गर्न सक्ने सक्षम नागरिक तयार गर्नु यस तहको शिक्षाको कार्यदिशा हो।

माध्यमिक शिक्षाले विद्यार्थीहरूमा ज्ञानकोखोजी गरी सिकाइ र वास्तविक जीवनबिच सम्बन्ध स्थापित गर्ने, सिद्धान्त र व्यवहारको समन्वय गर्ने तथा स्वपरावर्तितहुँदै ज्ञान, सिप र क्षमतालाई अद्यावधिक गर्ने सक्षमता विकास गराउनु पर्छ । यस तहको शिक्षाले अधिकार, स्वतन्त्रता रसमानताको प्रवर्धन गर्ने, आफ्नो कर्तव्यप्रति सचेत हुने, स्वस्थ जीवन शैलीको अभ्यास गर्ने, तार्किक विश्लेषण गरी निर्णय गर्ने, वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक हुने नागरिक तयार गर्न सहयोग गर्नुपर्छ ।

विद्यार्थीहरूमा नैतिक आचरण प्रदर्शन गर्ने, सामाजिक सद्भावप्रति संवेदनशील हुने, पर्यावरणीय सन्तुलनप्रति संवेदनशील हुने, द्वन्द्व व्यवस्थापन गर्दै दिगो शान्तिका लागि प्रतिबद्ध रहने, आधुनिक ज्ञान, सिप, सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने सक्षमताको विकास यस तहको शिक्षाका अपेक्षाहुन् । त्यसै गरी राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्वीकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्ने, सहिष्णुभाव राख्ने, सिर्जनशील, कल्पनाशील, उद्यमशील एवम् उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्नेलगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवम् समावेशी किन आवश्यक भयो सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा ?

- सामाजिक अध्ययन विषयले सचेत र सक्रिय ज्ञान दिन्छ । यसले हाम्रो वरिपरि रहेका सबै परिस्थिति र सम्बन्धहरू ऐतिहासिक विकास र सामाजिक परिवर्तनका उपलब्धि हुन भन्ने बुझाउँछ । हाम्रो वरिपरि रहेका वस्तुहरू भौगोलिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, लैङ्गिक आदि प्रक्रियाहरूद्वारा निर्मित भएका छन् । हामीले खेती गर्ने जमिन र पिउने पानी, जीवन र मरण, कलम र कापी, टेबल र मेचलगायत नातागोता, साथीभाई आदि सबै यही समाजका उपज हुन् । हामी हरेक व्यक्ति इतिहास र समाजका उपज हौँ । इतिहास र समाजलाई पुनर्गठन गर्ने कर्ता पनि हामी नै हाँै । यस अर्थमा गतिशील समाजमा सामाजिक परिवर्तनका वाहक पनि हामी व्यक्ति नै हौँ।

- यस विषयले हाम्रा पुर्खाहरू र पुर्खाहरूले सृष्टि गरेको समाजको विकासक्रम र उक्त समाजमा हामी आफैँ कसरी ती सृष्टिका अङ्ग बन्यौँ भन्ने बोध गराउँछ । यसले मानव समुदाय, सामाजिक परिपाटी र मूल्य तथा मान्यताहरूका बिचमा रहेका समानता र विविधतालाई बोध गराउँछ र आफ्नो परिपाटी ठिक र अरूको बेठिक भन्ने मानसिकताबाट मुक्ति दिलाउँछ ।

-विश्व समुदायमा छरिएर रहेका मानव समुदाय, सामाजिक परिपाटी र मूल्य तथा मान्यताहरूमा रहेका विविधताको सम्मान र संरक्षण गर्न सिकाउँछ ।

- व्यक्तिलाई कुनै पनि घटना र विषयहरूमा समालोचनात्मक दृष्टिकोण प्रयोग गरेर वा जाँचेर मात्र ग्रहण गर्न सिकाउँछ ।

- भौगोलिक, ऐतिहासिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, लैब्गिक आदि कारणले सामाजिक विविधता तथा असमानताहरू रहेको कुरा बोध गराउँछ ।

-समसामयिक परिवेशअनुकूल गुणस्तरीय जीवनसहित विभिन्न स्थान र परिवेशमा समायोजन भई बाँच्न सिकाउँछ ।

‘लोचन’ शब्दमा ‘आ’ उपसर्ग लागेर आलोचना बन्छ । आलोचना भनेकै समग्रतामा हेरेर ‘नीरक्षीर’ विवेचना गर्नु हो । विवेकको आँखामा अमुक मतको पट्टी लगाएर विश्लेषण या त भजन कहलिन्छ या गाली । त्यसविपरित समाज अध्ययनले त्यसमा पनि अझ इतिहासको ज्ञानले निम्न दृष्टिकोणबारे स्पष्ट पार्छ ।

“पुराना परम्परा र चिन्तन नयाँ परिवेशमा ठ्याम्मै काम नलाग्ने हुँदैनन् । अहिले भइरहेका अभ्यास पनि सर्वथा नयाँ होइनन् । यिनमा पुरानो अभ्यासको प्रभाव छ । मानवशास्त्रले हामीलाई यही कुरा सिकाउँछ । त्यसैले नयाँ अथवा पुरानो, नजिकैको अथवा टाढाको, सभ्य अथवा आदिम सबै खालका समाज अध्ययन गर्न लायक छन् । यस्तो अध्ययन तुलनात्मक हुनुपर्छ । पहिले नै कुनै विषयप्रति दृढ मत बनाएर मूर्तिपूजकको जस्तो भक्तिभाव अथवा मूर्तिभञ्जकको जस्तो द्धेष राख्ने प्रवृत्ति हामीमा हुन हुँदैन ।”

नेपाली समाज पनि यस धरतीका अनेक समाजमध्ये एउटा सदस्य भएको हुँदा मानवशास्त्रीय आधारमा विश्वका अनेक समाजसित त्यसको प्रसङ्गवश तुलना हुन्छ समाज अध्ययनमा । आजको नेपाली समाज पूर्वीय धारणाअनुसार हुर्केको र पाश्चात्य धारणाले पनि केही मात्रामा उसलाई प्रभावित पारेको हुँदा दुवै पक्षको समन्वयात्मक तुलना गर्न समाज अध्ययन महत्वपूर्ण हुन्छ । त्यस्तै जीवनोपयोगी शिक्षा जीवनोपयोगी सिप सिकाउने प्रक्रिया हो । जीवनका लागि आवश्यक सिपहरु जसले जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग गर्दछन् ।

तिनै सिपहरु नै जीवनोपयोगी सिप हुन् । यो विषय व्यक्तिलाई असल, चरित्रवान, समस्यासँग जुध्न सक्ने, समालोचनात्मक चिन्तन एवम् सकारात्मक सोंच भएका र विश्व परिवेश बुझेर सोअनुसार आचरण गर्न सक्ने मानव बनाउने विषय हो । यो शिक्षा अन्तर्गत विद्यार्थिले सञ्चार, सहकार्य, सहयोग, सिर्जनात्मक सोंच/चिन्तन, समस्या समाधान, तनाव व्यवस्थापन, अन्तरवैयक्तिक सिप, निर्णय निर्माण, नेतृत्व, समानुभुति, आत्मवोध, संवेग व्यवस्थापन र सूचना प्रविधि आदि जीवनोपयागी सिप सिक्ने अवसर पाउनेछन् अब ।

शिक्षण सिकाईमा भाषाको कुरा ।
अहिले सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा कसरी पढाउने, माध्यम भाषा के हुने ? भन्नेमा अर्को अन्योल सिर्जना भएको छ । प्रकाशन भएका पाठ्यपुस्तक नेपाली भाषामा मात्र आएका छन् । पछिल्लो समय धेरै सरकारी/सामुदायिक विद्यालयहरुले समेत अंग्रेजी माध्यममा पठनपाठन गरिरहेका छन् । कक्षा दश सम्म अंग्रेजी भाषामा पढ्दै आएका विद्यार्थीहरुलाई नेपाली भाषामा पढ्नुपर्छ, परीक्षामा पनि नेपालीमा नै लेख्नुपर्छ भन्ने बाध्यकारी नियमले असजिलो बनाइरहेको छ ।

सामाजिक शिक्षा व्यापक क्षेत्र भएकोे विषय हो । असल नागरीकले विश्व परिवेश बुझेको हुनुपर्छ । उसले समाजका बारेमा जानकारी राख्नुपर्छ, खोजी गर्न जान्नुपर्छ भनेर यो विषय अनिवार्य बनाइएको हो । निश्चित भाषामा नै पढ्नुपर्छ भन्ने बाध्यकारी नियमले उनीहरुको स्वतन्त्र सिकाईमा अवरोध त हुन्न ? डिजिटलाइजेसनको वर्तमान युगमा अध्ययन गर्नका लागि जति सामाग्री अंग्रेजीमा भेटिन्छन् नेपालीमा भेटिदैनन् । त्यसैले भाषा छनोट गर्ने अधिकार सम्बन्धित विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई नै दिनुपर्छ । ज्ञान आर्जन गर्ने कुरा, सिप सिकाउने कुरामा भाषा एउटा माध्यम हो, साधन हो तर साध्य होईन ।

नेपाली भाषामा नेपाली परिवेशका कुरा जान्न, बुुझन जति सहज हुन्छ त्यो कनिकुथी अंग्रेजीबाट हुन्न । कक्षा एकबाट क्रमिकरुपमा अहिले लागू गर्दै जानु व्यवहारिक हुन्छ । नभए प्रत्येक बर्ष अहिलेको जस्तै अन्योल, अलमलको अवस्था हुनेछ । कक्षा दशसम्म एउटा भाषा फेरी एघारमा अर्को भाषा भन्नु त्यति युक्तीसँगत कुरा होइन । त्यसैले सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षाको शिक्षण सिकाई क्रियाकलापमा भाषाको कुरा ऐच्छिक हुनुपर्छ ।

https://www.globalaawaj.com/archives/73437
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।