१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको राष्ट्रिय संकट नयाँ पुस्ताका लागि अवसर भएको बताएका छन् । आगामी वैशाखमा हुने निर्वाचनले पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ पुस्तालाई नेतृत्वमा पुग्नका लागि सहयोग गर्ने उल्लेख गरे ।

राष्ट्रिय युवा संघले मँगलबार बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पोखरेलले लिपुलेक सहितको नेपालको चुच्चे नक्साको विषयले संसदमा प्रवेश पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दीमा पारिएको आरोप लगाए । आफ्नै पार्टीका नेताहरुबाट प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेपछि संसद विघट गरिएको प्रस्ट्याउँदै उनले भने ‘नेपालको चुच्चे नक्कासाको विषयले जब संसदमा प्रवेश पायो, प्रधानमन्त्रीलाई घेराबन्दी सुरु भयो, त्यसैका कारण आज यो परिणाममा पुग्नु पर्यो ।’

प्रधानमन्त्री र पार्टी अध्यक्षको पदका लागि दाहाल-नेपाल पक्षले सरकारले कुनै काम गर्न नसकेको भन्दै प्रश्न उठाउने गरेको उनले बताए । विगतमा प्रधानमन्त्री भएकाहरुले नै सरकारका बारेमा प्रश्न उठाउने गरेको भन्दै उनले भने ‘आफ्नो पालामा माखो मार्न नसक्नेहरुले नै ओलीले केही गर्न सकेन, सरकारले केही गर्न सकेन मनेर प्रश्न उठाउने हो ?’ हाल-नेपाल पक्षले अध्यक्ष ओलीलाई कारबाही गरी पार्टीबाट निस्कासन गरेको प्रसँगमा बोल्दै उनले भने-‘आगामी वैशाखमा हुने निर्वाचनले देखाउने छ, कसले कसलाई कारबाही गर्ने भनेर ।’

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली