५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

सिमकोट । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना सङ्क्रमणको त्रास कम भएका कारण यहाँका सबै विद्यालय माघ १५ गतेबाट सुचारु हुन लागेका हुन ।

Advertisement

ताँजाकोट गाउँपालिकाका चार माध्यामिक र १३ आधारभूत विद्यालय गरी कूल १७ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए । गाउँ कार्यपालिकाले विद्यालयमा पठनपाठन शुरु गर्ने निर्णय गरेसँगै गाउँपालिकाका कार्यालयले सबै विद्यालयलाई पठनपाठनको तयारी गर्न पत्राचार गरिसकेको उनले बताए । कोरोना सङ्क्रमण विरुद्धका सामग्री भने गाउँपाकिलाले सहयोग गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए । अन्य सबै काम गर्न हुने तर विद्यालय बन्द गरिरहनु उपयुक्त नदेखिएको कारण पठनपाठन सुचारु गर्ने निर्णय भएको होे ।

यता सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेबाट पठनपाठन सुचारु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले अब पठनपाठन शुरु गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठनपाठन सुचारु भएको बेला सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन गर्ने निर्णय स्वागतयोग्य भएको अविभावकको भनाइ छ ।

यो समय हुम्लाका विद्यालयमा हिँउदे बिदा हुने समय हो । तर यस वर्ष कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भएदेखि नै पठनपाठन नभएको र हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठनपाठन सुचारु गर्ने निर्णय भएको होे । सिमकोट गाउँपालिकामा सामुदायिक र संस्थागत गरी २८ विद्यालय रहेका छन् । पठनपाठन सुचारु हुने विद्यालयलाई सेनिटाइटर र मास्कको व्यवस्था पनि गरिने भएको छ ।

गत साउन र कात्तिक महिनामा हुम्लाका विद्यालयमा पठनपाठन शुरु भएको भए पनि कोरोना सङ्क्रमित देखिएपछि बन्द भएका थिए । यसअघि पुस १५ बाट अदानचुली गाउँपालिकाका २१ विद्यालयमा पठनपाठन सुचारु भइसकेको छ । अब नाम्खा, खार्पुनाथ, चङ्खेली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा पठनपाठन हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ