ताजा अपडेट »

तिलोत्तमामा लोकसेवा सम्बन्धी अभिमुखिकरण

शनिबार, १० माघ २०७७, १८ : ०९
14 Shares

बुटवल सुख्खानगरमा स्थित तिलोत्तमा इन्स्टिच्यूटले एक दिने लोकसेवा आयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अधिकृत, नायाब सुब्वा, खरिदार र बैकिङतर्फ लोक सेवा मार्फत सेवा प्रवेश गर्न चाहने करिब एक सय विद्यार्थीहरुलाई अभिमुखिकरण गरेको होे । उनीहरुलाई वरिष्ठ प्रशिक्षक तथा पुस्तक लेखक, नागरिक उड्ययन प्राधिकरण भैरहवाका उपप्रबन्धक किशोर आचार्य, संजिवनी कलेजका कार्यकारी प्रमुख दिपक रोका लगाएत बुटवलका प्रशिक्षकहरुले विषयगत र उत्प्रेरणात्मक शिर्षकमा प्रशिक्षण दिएका थिए ।

संजीवनी कलेजका प्रशासकीय प्रमुख राजु अर्यालको सञ्चालन, संस्थाका प्रबन्ध निर्देशक नविन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सस्थाका प्रबन्ध निर्देशकले आफ्नो सस्थाको चौध वर्षे इतिहासमा लोकसेवा आयोग र विभिन्न विषयका ब्रिज कोर्ष मार्फत प्रत्येक वर्ष हजारौँ विद्यार्थीलाई अब्बल बनाइ रोजगारी तथा बिभिन्न विषयमा भर्नाका लागि तयार गराइएकोमा गर्व लागेको कुरा व्यक्त गरे ।

उनले नयाँ परिवेशमा प्रतिष्पर्धा बढ्दै गएकोले संस्थाले सोही अनुसारका वरिष्ठ प्रशिक्षकहरु मार्फत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने पनि प्रतिवद्धता व्यक्त गरे । इन्स्टिच्यूटमा छात्र र छात्रका लागि छुट्टा छुट्टै व्यवस्थीत होस्टल पनि संचालनमा रहेकोले सो बारे पनि जानकारी उनले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।