ताजा अपडेट »

चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द हुने

विहीबार, ०८ माघ २०७७, १६ : ५१
2 Shares

बुटवल । बुटवल उपमहानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय दुई दिन बन्द हुने भएका छन् ।

केही दिन यतादेखि अत्याधिक चिसो बढेको हुँदा कोरोना र विद्यार्थीहरुको जनस्वास्थ्यलाई ख्याल गरी माघ ९ गते र ११ गते विद्यालय बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको छ । दुई दिन स्थानीय विदाबाट कट्टी हुने गरी विदा दिने निणर्य भएको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

https://www.globalaawaj.com/archives/75425
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।